१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स अन्तिम चरणका खेल सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पौष १४ ।
“१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” बिहिबार चौथो दिन अन्तिम चरणका खेलहरु सम्पन्न भएका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिताका सेमीफाइनल र केही फाइनल खेलहरु भोली शुक्रबार हुने आयोजकले जनाएको हो ।

प्रतियोगिताको चौथो दिन ६५ वर्ष माथीको डबल्स फाइनल खेल सम्पन्न भएको छ भने पोखरा ओपन सिंगल्स मेन्स÷उमेन्सका सेमीफाइनल खेल तथा अन्य उमेर समुहका फाइनल खेलहरु शुक्रबार हुने भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् ।

६५ वर्ष माथी डबल्स भेट्रान्स फाइनल
१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्सतर्फ बिहबार भएको ६५ वर्ष माथीको फाइनल खेलमा बिमल गुरुङ र हिमाल शाहको जोडीले कमल थापा र झम्पा घलेको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको छ । बिमल र हिमालको जोडीले ६–१ र ६–३ को सेटमा पराजित गर्दै जित उपाधि जित्न सफल भएका छन् ।

त्यस्तै ५५ वर्ष सिंगल्समा कृष्ण राज घलेले प्रदिप शाहलाई ७–६, ६–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् भने पोखराका अनिल तुलाचनले भारतिय खेलाडी एन दिलिप सिंहलाई ७–५, ७–५ ले संघर्षपूर्ण जित निकाल्दै फाइनलमा स्थान पक्का गरेका छन् ।

४५ वर्ष माथी सिंगल्स÷डबल्स
४५ वर्ष माथीको डबल्सतर्फ निमा शेर्पा र भारतिय खेलाडी टि तुलेश्वर सिंहको जोडीले यज्ञ बहादुर भण्डारी र राजु श्रेष्ठको जोडीलाई ७–५, ६–३ ले पराजित गरी फाइनलमा पुगेका छन् । त्यस्तै शरण गुरुङ र विकास गुरुङले सिजर गुरुङ र आशिष सिग्देललाई ६–३, ६–७, १०–४ ले पराजित गरी फाइनलमा निमा र टि तुलेश्वर संग उपाधिका लागि भिड्न् छन् ।

त्यस्तै ४५ वर्ष माथी सिंगल्समा शरण गुरुङले गोपी भट्टरालाई ६–१, ६–२ ले पराजित गरी सेमीफाइनलको यात्रा तय गरे भने रोहित सुनुवारले शिव सेढाईलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे ।
त्यस्तै भारतिय खेलाडी टिटी सिंहले महेश श्रेष्ठलाई ६–२, ५–७, १०–५ मा पराजित गरी अन्तिम चारको यात्रा शुरक्षित गरे भने विमल गुरुङलाई आशिष सिग्देलले वाक ओभर दिएका छन् ।

मेन्स पोखरा ओपन सिंगल्स÷डबल्स
१९ औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्सतर्फ नेपालका नं १ खेलाडी प्रदिप खडकाले अन्तिम चारको स्थान पक्का गरेका छन् । बिहिबार भएको खेलमा सौगात विकलाई ७–५, ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
त्यस्तै अर्का खेलाडी रितिक रानाले प्रनभ मानन्धरलाई ६–३, ७–६ ले पराजित गर्दा, अकि जुवेन रावतले निशान श्रेष्ठलाई ४–६, ६–१, ६–४ को संघर्षमय खेलमा पराजित गरी सेमीफाइनलको यात्रा तय गर्दा, प्रनभ खनालले नेहाल जङ्ग बहादुर थापालाई ६–०, ६–४ को सेटमा पाखा लगाउँदै सेमीफाइनलमा स्थान पक्का गरे ।

यस्तै आज नै सम्पन्न मेन्स डबल्सतर्फको खेलमा निशान श्रेष्ठ र रितिक रानाको जोडीले अकी जुवेन रावत र राजविर प्रधानलाई ६–२, ७–६ ले, प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापाको जोडीले प्रनभ खनाल र अभिनव आचार्यलाई ३–१ को संघर्षपूर्ण खेलमा पराजित गरी फाइनलमा स्थान बनाएका छन् ।
नेपाल नं १ खेलाडी प्रदिप सम्मिलित जोडीले पहिलो सेट ३–६ ले गुमाउँदा दोश्रो सेट ७–६ र तेश्रो सेट १०–६ ले आफ्नो पक्षमा पार्दै डबल्सतर्फको उपाधि नजिक पुगेका छन् ।

उमेन्स सिंगल्स ओपन
उमेन्स सिंगल्सतर्फ नेपालकी नं १ खेलाडी अभिलाषा विष्टले आयशा डोलकर गुरुङलाई ६–०, ६–१ ले पराजित गरी अन्तिम चारमा स्थान पक्का गरेकी छन् । त्यस्तै शुनिरा थापाले शुभाङ्गी शाहलाई ७–६, ६–२ ले पराजित गर्दा, प्रकृती श्रेष्ठले प्रशंसा मोक्तानलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरी सेमीफाइनलको यात्रा तय गरे भने सर्भानी श्रेष्ठले श्रेया भट्टराईलाई ६–०, ६–० ले पराजित गरी अन्तिम चारमा पुगेकी छन् ।

३५ वर्ष माथी सिंगल्स÷डबल्स
प्रतियोगिता अन्तर्गत सम्पन्न कमल भण्डारीले देव क्षेत्रीलाई ६–२, ६–३ ले, जितेन्द्र परियारले विकाश गुरुङलाई ६–०, ६–० ले, चेवाङ लामाले सिमन्त गुरुङलाई ३–६, ७–५, ११–९ ले, सन्तोष खत्रीले अनिल साईलाई ६–४, २–६ र १०–४ ले पराजित गरी सेमीफाइनलमा पुगेका छन् ।

यसै गरी सोही उमेर समहुको डबल्सतर्फ भएको सेमीफाइनल खेलमा कमल भण्डारी यज्ञ बहादुरको जोडीलाई राजन पौडेल र लक्ष्मण थापाको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गर्दा जितेन्द्र परियार र चेवाङ लामाले सन्तोष खत्री र सिमन्त गुरुङको जोडीलाई ६–३, ६–० को सोझो सेटमा पाखा लगाउँदै उपाधि नजिक पुगेका छन् ।

यस्तै ६५ वर्ष माथी सिंगल्समा कमल थापाले डियोनम लामालाई ४–०, ४–१ ले र विदुर विष्टले विष्णु गुरुङलाई ५–३, ४–० को सोझो सेटमा पराजित गरी कमल थापा संग फाइनलमा भिड्ने भएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो ।

प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा जारी रहेको छ ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला