२२ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा, राष्ट्रिय फुटबल प्रतियोगिता पुरस्कार अनन्तलाई

नगेन न्यूज
  • ख-
  • ख+

१२ पुष, पोखरा ।
खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ यहि पौष १४ गतेबाट पोखरामा हुने २२ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

सहारा क्लब पोखराद्वारा मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करणको तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लव, मनाङमस्र्याङ्दी क्लव, नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लव, मच्छिन्द्र फुटबल क्लव, संकटा क्लव, चर्च व्वाईज युनाईटेड फुटबल क्लव, भुटनिज युथ स्पोर्टस क्लव युएसए, धरान फुटबल क्लव र आयोजक सहारा क्लव गरी १२ टिमले सहभागिता जनाउने सहारा क्लव पोखराका अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
क्लबका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु ६ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले रु आठ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिता हेर्न सर्वसाधारण दर्शकका लागि तीन प्रकारको टिकट दर कायम गरिएको आयोजकले जनाएको छ । जसअनुसार प्रिक्वाटर र क्वाटरफाइनलका लागि एक सय, सेमीफाईनलका खेलहरुका लागि दुई सय र फाईनल खेल हेर्नका लागि ३ सय टिकट दर तोकिएको आयोजक सहारा क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । भिआईपीका लागि भने प्रिक्वाटर र क्वाटरफाईनलमा दुई सय, सेमीफाईनलमा चार सय र फाईनलमा पाँच सय टिकट दर निर्धारण गरिएको उनले बताए ।

प्रतियोगितामा वचत रकम क्लबबाट सञ्चालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।
हाल तेश्रो व्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकहरुले आवासीय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् ।

सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अनन्तलाई
सहारा क्लबले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई प्रदान गर्ने भएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधि सहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको हो ।
पुरस्कारको राशि रु ५० हजार पाँच रहेको छ ।
यसअघि यस पुरस्कारबाट राष्ट्रिय फुटबल खेलाडीहरु भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट पुरस्कृत भइसकेका छन् ।
प्रतियोगिताको उद्घाटन समारोहमा सो पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला