लेखनाथ महोत्सवमा सोमबार सम्म ७० लाखको कारोबार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा , ११ पुस ।।

पुस ७ गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार भएको आयोजकले वताएको छ । शनिबार र आईतबारको तुलनामा महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्यामा कमि आएसँगै कारोवार पनि प्रभावित भएको हो ।
सोमबार १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन । महोत्सवमा मनोरञ्जनका लागि प्रत्येक दिन रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।

आईतबार भएको लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु प्रजापती पराजुली, शंकर विरही गुरुङ्ग, तारापती सुवेदी, टेक क्षेत्री र वसन्त लम्साल, गायिकाहरु पुर्णकला बिसी, वसन्ती थापा, दिलु मगर, लगायतको प्रस्तुति रहेको थियो ।
त्यस्तै बेलुका लाइभ कन्सर्टतर्फ मिलन नेवार, ¥यापर आको बुम, र ओम गुरुङ्गले महोत्सवको स्टेज तताएका थिए ।
मंगलबार महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु राजु परियार, अमर धिताल, माधव चापागाई, गायिकाहरु कला लम्साल, सरस्वती लामिछाने र कमला सुनार लगायतको आर्कषक प्रस्तुति रहने भएको छ भने लाइभ कन्सर्टतर्फ मिलन नेवार, ¥यापर आको बुम र ओम गुरुङ्गको बेजोड प्रस्तुती रहनेछ ।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको सोमबार नेपाली काँग्रसका नेता एवं पुर्वमन्त्रीहरु मिनेन्द्र रिजाल र यज्ञ बहादुर थापा, माओवादी केन्द्रका नेता एवं गण्डकी प्रदेशका पुर्व सांसद दिपक कोईरालाले अवलोकन गरेका थिए ।


‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवद्र्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ ।
आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् । ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस वस्तुहरु महोत्सवमा राखिएका छन् । जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको संयोजक ओझाले वताएका छन् ।
सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला