२४ औं सडक महोत्सवको सम्पूर्ण तयारी पुरा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ११ पुष । अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले प्रतेक वर्ष आयोजना गर्दै आईरहेको सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

“सडकमै खाऔं, सडकमै रमाऔं ”भन्ने नाराका साथ यही पौष १३ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने यस २४ औं सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रुपमा प्रवद्धन गर्न रेवानले यो महोत्सव आयोजना गर्दै आएको छ ।

महोत्सव पाँच दिनसम्म संचालन हुने रेवान पोखराका अध्यक्ष तथा महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिएका छन् ।


महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रर्दशन, दोहोरी गित, झाँकी प्रर्दशन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिने भएको छ ।
यस महोत्सवमा नेपालको सात वटै प्रदेशका साथै भारतको साँस्कृतिक कार्यक्रम समेत समावेश हुने भएको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।
त्यस्तै यस पटकको सडक महोत्सवमा करिब ४ लाख दर्शकहरुले महोत्सव अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला