पोखरामा मंगलबार (आज) ४ बजेबाट “नेपथ्य लाइभ कन्सर्ट” हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
मानवता प्रवद्र्धनका साथै मानव सेवा आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनार्थको लागि पोखरा स्थित प्रर्दशनी केन्द्रमा आज (मंगलबार) “नेपथ्य लाइभ कन्सर्ट” अपराहन ४ बजेबाट शुरु हुने छ ।
“मानवताका लागि संगीत” भन्ने नाराका साथ उक्त लाइभ कन्सर्ट पोखरामा आयोजना हुन लागेको हो । पोखरा–२५ हेमजामा बन्दै गरेको आश्रमको तीन तले भवन निर्माणका लागि आर्थिक अभाव भएसँगै उक्त सांगीतिक कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

यस कन्र्सटसमा नेपालकै निकै चर्चित र गीतसंगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपथ्य ब्याण्डका भोकलिष्ट अमृत गुरुङ्गसहितको टोलीले पोखरालाई संगीतमय बनाउने भएका छन् ।

वि।सं।१९९१ मा पहिलोपटक नेपथ्य एल्बमसहित शुरुवात भएको यस ब्याण्डले नेपाली गीतसंगीतको क्षेत्रमा उत्कृष्ट गीतहरु दर्शकमाझ पस्कीसकेका छन् । ३ जना सदस्यसहित शुरुवात भएको यस ब्याण्डमा अहिले ६ सदस्यहरु रहेका छन् ।

आफ्ना उत्कृष्ट गीतसंगीत र प्रस्तुतीका कारण यस ब्याण्डले विगतदेखि वर्तमानसम्म पनि दर्शकहरुको मन जित्न सफल भएको छ । पोखराबाटै उदाएको नेपथ्य नेपाल र विश्वभर छरिएका रहेका सबै नेपालीहरुमाझँ लोकप्रिय लोक रक सांगीतिक ब्याण्ड हो । नेपालका धेरै ठाउँहरुमा उत्कृष्ट प्रस्तुतीहरु दिइसकेको यस ब्याण्ड नेपथ्यको आफ्नै गृह मैदान पोखरामा भने यो नवौं प्रस्तुती हो ।

विशेषगरी पोखरा स्थित मानव सेवा आश्रमको भवन निर्माणको सहयोगार्थ यस कार्यक्रम हुन लागेको हो । कुल १० करोड लागतमा निर्माण सम्पन्न गर्न लागिएको यस भवनको बाँकी काम पुरा गर्न आर्थिक अभाव भएसँगै आर्थिक संकलन अभियान अन्र्तगत कन्सर्ट गर्न लागिएको हो ।

हालसम्म आश्रमले ५ करोड रुपैँयासम्मको भवन निर्माणकोे काम सम्पन्न गरिसेकेको छ । भाडाको घरमा शुरुवात भएको सेवालाई प्रभावकारी र दिगो बनाउन बायिबतरामा लक्ष्मी नारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी जग्गा भोगाधिकार प्राप्त भएसँगै आश्रमले आफ्नै भवन निर्माण कार्य शुरु गरेको हो ।

आश्रमले आगामी माघ २० गतेबाट श्रीमद् भागवत ज्ञान महायज्ञ समेत आयोजना गरेर आर्थिक संकलन गर्ने योजना बनाएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी जानकारी दिएका छन् ।

मानवीयताको राष्ट्र नेपालको अवधारणालाई व्यवहारीक रुपमा कार्यान्वयन गराउन आवश्यक कार्य गर्ने र गराउने दीर्घकालिन योजना सहित अगाडी बढेको यस आश्रमले वेसहारा, अशक्त, अभिभावकबिहिन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको व्यवस्थापन, पालन–पोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनःमिलनसमेत गराउने अभियानलाई सक्रिय रुपमा अगाडी बढाईरहेको छ ।

हेटौंडामा मुख्य कार्यालय रहेको यस आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हालसम्म देशैभर गरेर झण्डै १ हजार ६ सय सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । वि।सं।२०८२ सम्ममा नेपालका सडकपेटीलाई सडक आश्रित मानवरहित बनाउने योजनाका साथ यस आश्रम अघि बढि रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला