१५ औं कास्की हिसान स्पोर्टस मिट : विभिन्न खेलहरु जारी, समापन आइतबार हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ९ पुस ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट शनिबार तेश्रो दिन पनि विभिन्न खेलहरु जारी रहेका छन् ।

पोखरा रंगशालामा जारी १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, बास्केटबल, टेबुल टेनिस र व्याडमिन्टनका खेलहरु मध्ये व्याडमिन्टनका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका हुन । टेबुल टेनिसको फाइनल खेल तथा बास्केटबल र भलिबलको सेमीफाइनल र फाइनल खेलहरु आइतबार समापनका अवसरमा हुने हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिएका छन् ।

भलिबल
१५ औं हिसान स्पोर्टस मिट प्लस टुतर्फ जारी छात्र–छात्रा भलिबलमा स्पाइरल ग्यालेक्सीले फाइनलमा स्थान बनाएको छ । स्पाइरलले आज शनिबार सम्पन्न छात्रतर्फको पहिलो सेमीफाइनलमा केफलाई २४–२६, २५–१८ र २५–१३ ले जित्दै फाइनलमा स्थान बनाएको भलिबलका संयोजक किरण सापकोटाले जनाएका छन् । यस अघि स्पाइरलले सिर्जनालाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

यसै गरी दोश्रो सेमीफाइनल खेल भने प्रतिभा र यूनभर्सका बिच आइतबार हुने छ । तेश्रो स्थानका लागि समेत आइतबार नै खेल हुने संयोजक सापकोटाले जनाएका छन ।

यता छात्रातर्फको फाइनलमा गुरुकुल र हिल पोइन्ट आमने सामने हुनेछन् । गुरुकुलले पश्चिमाञ्चललाई २–० को सोझो सेट र हिल पोइन्टले मदरल्याण्डलाई २–० को सोझो सेटमा सेमीफाइनलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् । तेश्रो स्थानका लागि पश्चिमाञ्चल र मदरल्याण्ड विच खेल हुने आयोजकले जनाएको छ ।

बास्केटबल
स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र–छात्रा बास्केटबल प्रतियोगिताका खेलहरु शनिबार पनि जारी रहेको बास्केटबल खेलका संयोजक खिम गुरुङले जनाएका छन् । शनिवार प्लस टु छात्र–छात्रा र युनिभर्सिटी छात्र–छात्रा तर्फ गरी कूल १९ खेल सम्पन्न भएका छन् ।

प्रतियोगिता अन्तर्गत छात्र बास्केटबलको सेमीफाइनलमा न्यू ग्यालेक्सी र हिल पोइन्टका विच पहिलो खेल हुनेछ दोश्रो खेल प्रतिभा र मनकामनाका विच हुने छ । न्यू ग्यालेक्सीले बालल्याणलाई ४४–८ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्दा हिल पोइन्टले सगरमाथालाई ३४–२९ ले पराजित गर्दै न्यू ग्यालेक्सी संग भेट पक्का गरेको थियो । त्यसै गरी मनकामनाले जेसिएलाई ४०–२१ ले तथा प्रतिभाले मास ५०–४८ को स्कोरले पराजित गरी अन्तिम चारमा स्थान बनाएका छन् ।

त्यसै गरी प्लस टु छात्रातर्फ प्रतिभा र ग्लोबल, मेरीगोल्ड र भाष्करका विच सेमीफाइनल खेल हुने पक्का भएको छ । आज सम्पन्न क्वाटरफाइनल खेलमा प्रतिभाले न्यू ग्यालेक्सीलाई ७–२ ले, ग्लोबलले जेसिएलाई २१–४ ले, मेरी गोल्डले पासलाई १४–४ ले भाष्करले केफलाई ८–० को स्कोरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका छन् ।

यता युनिभर्सिटीतर्फ छात्र बास्केटबलमा लेकसिटीलाई हराउँदै लिंकन पहिलो भएको छ भने पेकलाई हराउँदै पिसिएम तेश्रो भएको छ । छात्रातर्फ पेकलाई हराउँदै लिंकन पहिलो हुँदा, इन्फरमेटिक्सलाई पराजित गर्दै पिसिएमले तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

व्याडमिन्टनतर्फ फाइनल सम्पन्न
१५ औं हिसान स्पोर्टस मिट अन्तर्गत ब्याडमिन्टन फाइनलका खेलहरु सम्पन्न भएको व्याडमिन्टनतर्फका संयोजक पुरन कुंवरले बताएका छन् । प्लस टु छात्र सिंगल्सतर्फ प्रगतीका शंसाक अधिकारी प्रथम, प्रगतीका आयुस थापा द्वितिय, सगरमाथाका सौरभ थापा र विनम्र थापा तृतिय भएका छन् । छात्रातर्फ मदरल्याण्डकी आयुष्मा नेपाल पहिलो हुँदा, दोश्रो सगरमाथाकी निर्झरा खड्का र ग्लोबलकी समिक्षा गुरुङ र सगरमाथाकी सविना राना मगर तेश्रो भएका छन् ।

छात्र डबल्सतर्फ प्रगती पहिलो, सगरमाथा दोश्रो, पिकेजी र प्रतिभा तेश्रो भएका छन् । छात्रा तर्फ सगरमाथा पहिलो, दोश्रो कास्की मोर्डनाइज, गुरुकुल विद्यासदन र ज्योती कुञ्ज तेश्रो भएका छन् ।

युनिभर्सिटी छात्र सिंगल्सतर्फ पोखरा इन्जिनियरिङका अमित भण्डारी पहिलो, इन्फरमेटिक्सका थमन सिंह थापा दोश्रो, पोखरा लिंकनका रिजन सूर्यवंशी र पेकका निशान थापा तेश्रो भएका छन् । छात्रा सिंगल्सतर्फ पिसिएमकी मेनुका गुरुङ पहिलो, पेककी लिजा गुरुङ दोश्रो, इन्फोमेक्सकी इशा सदाशंकर र पिसिएमकी स्वस्तिका पौडेल तेश्रो भए । छात्र डबल्समा इन्फरमेटिक्स पहिलो, पिसिएम दोश्रो र पेक तेश्रो भएका छन् भने छात्रातर्फ पिसिएम, पेक र इन्फोमेक्स कलेज क्रमश पहिलो, दोश्रो र तेश्रो भएको हिसान कास्कीले जनाएको छ ।

टेबुल टेनिस
प्रतियोगिता अन्तर्गत सम्पन्न टेबुल टेनिसमा प्लस टु छात्र–छात्र तर्फ सिंगल्स क्वाटरफाइनल खेलहरु सम्पन्न भएको टेबुल टेनिसका संयोजक आनन्दराज अधिकारीले जनाएका छन् । फाइनल खेलहरु आइतबार सम्पन्न हुने अधिकारीले जनाए ।

हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।

यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डबल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । जस मध्ये ९ बटा विश्वविद्यालय रहेका छन् । स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला