चर्चित फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
भारतकै चर्चित कम्पनी हाउस अफ इण्डियाको फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा शुरु हुने भएको छ । नेहा थापा भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडबाट नेपालकै पहिलो फ्रेन्चाइज शाखाको रुपमा आइतबारदेखि यसको औपचारिक शुरुवात गर्न लागेकी हुन् ।
सिवानी पोदारले सन् २०१६ मा भारतको नोयडा दिल्लीबाट यो ब्राण्डको शुरुवात गरेकी थिइन् । यसले भारतको ट्रेडिशनलदेखि नयाँ पुस्तासम्मलाई समेटने मोर्डन ड्रेसको उत्पादन तथा विक्री गर्दै आएको छ ।

‘कम्पनीले रेडिमेड साडी, लेहेंगा, कुर्थीदेखि नयाँ पुस्ताको रोजाइमा पर्ने विभिन्न प्रकारका पहिरनको उत्पादन गर्दछ, जुन उत्पादनले नेपाली ग्राहकको मन पनि जित्दै आएको छ’–नेहा थापाले भनिन् ।
विगत लामो समयदेखि नेपालमा यसको फ्रेन्चाइज खोल्नका लागि कम्पनी समक्ष अनुरोध गर्दै आएपनि हालै आएर मात्र कम्पनीले आफुलाई यसको फ्रेन्चाइज अधिकार दिएको उनले बताइन् । झण्डै डेढ करोडको लगानीमा यसको शुरुवात गरिएको उनका श्रीमान कञ्चनबहादुर भट्टराइले जनाए ।

पोखरामा बुटिक आइटमको माग बढ्दै गएको अवस्थामा यो प्रोडक्ट पोखरेलीहरुको रोजाइमा पर्ने उनको विश्वास छ । विवाह,पार्टी अथवा कुनै समारोहमा जानका लागि महिनौं अघिदेखि बुटिक धाउन नपर्ने र कमै खर्चमा चाहे जस्ता विभिन्न डिजाईनका पहिरनहरु सहजै उपलब्ध हुने उनले बताइन् । अनलाइनमार्फत पनि यसको खरिद बिक्री हुने थापाले जानकारी दिइन् ।
थाइल्याण्डको ए.आइ.टी.स्कुल अफ म्यानेज्मेण्टबाट एमबीए गरेकी थापालाई यसको फ्रेन्चाइज दिन पाउँदा खुसि लागेको कम्पनीका फाउण्डर सिवानी पोदारले बताइन् । हामीले नेपालमा पनि यसको शाखा विस्तार गर्न चाहान्थ्यांै, धेरैले हामीसंग प्रस्तावन पनि गरे, तर हामीले सक्षम सम्झिएर थापालाई यसको अधिकार दियौं’–सिवानीले भनिन् । देशका विभिन्न शहरहरुमा यसको शाखा विस्तार गरिने नेहाले बताइन् । ‘छिट्टनै काठमाण्डौमा अर्को शाखा विस्तार गर्नेछौं, पाँच वर्ष भित्र देशका अन्य ठूला तीन शहरहरुमा शाखा खोल्नेछौं’–थापाले भनिन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला