आहा रारा गोल्डकपपुस १४ गतेदेखि, १० टिम सहभागी हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
सहारा क्लब पोखराको आयोजनामा हुने २२ औं आहा रारा गोल्डकपमा १० टिम सहभागी हुने भएका छन् । पुस १४ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगितामा तीन विभागी, एक विदेशी, आयोजक सहारा क्लब सहित एडिभिजनका क्लब रहेको क्लब जारी विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छ ।

आहा रारा गोल्डकपको २२ औं सस्करणको पुरस्कार राशीमा बृद्धि समेत गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारी द्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले ६ लाख रुपैयाँ पाउने छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजकको रुपमा व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्य बहादुर के.सी. स्मृतिमा प्रदान गरिने छ ।
सह उप प्रायोजक मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रा.लि. नागढुंगा, एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी ,अफिसियल बैंक लुम्बिनी विकास बैंक रहेका छन् ।

प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार रुपैया आम्दिानी हुने र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान क्लबको रहेको छ । गत वर्षको विजेता ए।एपीएफ क्लब र उपविजेता मनांग मस्र्यान्य्दी क्लब बनेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला