लेखनाथ महोत्सवको सम्पूर्ण तयारी पूरा पुस ७ गते उद्घाटन (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
१८ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । यहि पुस ७ गते देखि १८ गते सम्म हुने लेखनाथ महोत्सव २०७९ को तयारी पूरा भएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना, गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका कार्यालय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि” भन्ने मुल नाराका साथ पोखरा २७ तालचोक डाँडाकोनाकमा सन्चालन हुने भएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी लि को मुख्य प्रायोजन र राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन रहने यस महोत्सवको मुख्य उद्देश्य कोभिड १९, रुस युकेन युद्ध लगायतका कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधी बढाउन, औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुरयाउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक संघले जनाएको छ ।
पौष ४ गते सोमबार लेखनाथ उवा संघको सभाहलमा लेखनाथ महोत्सव २०७९ को पहिलो कार्यक्रमको रुपमा साहित्यीक कार्यक्रम अन्तर्गत कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा उहाँद्वारा सिर्जित १८ कविता १८ कविद्वारा वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
महोत्सवको अर्को आर्कषकको रुपमा यस वर्ष पर्यटकीय स्थल बेगनासताल र वरपरका कोट, मठमन्दिर तथा हरियाली जंगलहरुलाई साङ्केतिक रुपमा प्रतिबिम्वत हुने गरि प्रदर्शनी गरिने भएको छ । साथै घरेलु तथा ग्रामिण प्रविधि प्रदर्शनी, रत्यौलि गित कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, शैक्षिक प्रदर्शनीमा रहेका जनाइएको छ ।

जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट कार्यक्रम, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवा दर्शकहरुको मनोरन्जनका लागि सुगम संगित तथा पप कन्सर्ट रहेको छन् । ३३७ वटा स्टल रहने महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रविधि तथासञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता रहने छ । करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने मेलामा १० करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।
महोत्सवको बचतबाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, यस क्षेत्रमा रहेका बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्नका निमित्त विभिन्न किसिमका कार्यक्रमहरु गर्ने लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने संघले जनाएको छ ।
यस वर्ष महोत्सव अवलोकनमा विद्यार्थी टिकट रु ५०, साधारण टिकट रु ८० र कन्सर्ट टिकट रु १५०र( रहने जनाइएको छ भने जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला