पोखरा महोत्सवलाई समाधानको साथ, मयुरटाइम्स न्युजले फोटोग्राफी गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा पुष ५ ।
एघारौ पोखरा महोत्सवमा मिडिया पार्टनरको रुपमा रहेर समाधान राष्ट्रिय दैनिकले साथ दिने भएको छ ।
युनाईटेड क्लवको आयोजनामा पुष २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवलाई समाधान राष्ट्रिय दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको हो ।
समाधान राष्ट्रिय दैनिकका ब्यवस्थापक श्रीप्रसाद पोखरेल र एघारौं पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनार विच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

समाधान राष्ट्रिय दैनिकका बजार ब्यवस्थापक श्रीप्रसाद पोखरेलले विगतका महोत्सवहरुमा जस्तै एघारौं संस्करणको पोखरा महोत्सवमा समेत समाधान राष्ट्रिय दैनिकले सहकार्य गर्न पाउदा खुसी लागेको वताए । सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संगको सहकार्यले समाधान परिवारलाई समेत सामाजिक काममा सहभागी हुन पाउनु आफैमा गर्वको कुरा रहेको उनको भनाइ रहेको थियो ।

त्यस्तै एघारौं पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले समाधान राष्ट्रिय दैनिक संग विगतका महोत्सवहरुदेखीनै सहकार्य गर्दै आज सम्म आइपुग्दा निकै खुसी लागेको वताउदै पोखरा महोत्सव युनाईटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सवैको साथ र सहयोगलेनै पोखरा महोत्सव सफल हुने वताए । पोखरा महोत्सवको आम्दानीबाट सामाजिक क्षेत्रमानै खर्च गरिने भएकाले पोखरा महोत्सव हामी सवै पोखरेलीको महोत्सव र सवैको योगदान अतुलनीय रहेको उनको भनाइ रहेको थियो ।

मयुरटाइम्स न्युजले महोत्सवमा फोटोग्राफी गर्ने
एघारौं पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटो तथा भिडियोग्राफी गर्ने भएको छ । आगामी पुष २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटो तथा भिडियोग्राफी गर्ने भएको हो ।
मंगलबार एक कार्यक्रमका बीच मयुरटाइम्स न्युजका संचालक प्रविन मगर र एघारौ पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सो अवसरमा वोल्दै मयुरटाइम्स न्युजका संचालक प्रविन मगरले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई नछुटाइकन फोटो र भिडियोमा समावेश गर्ने वताए । पोखरा महोत्सव आफैमा ब्राण्ड र यसले गर्ने सामाजिक काम मार्फत सम्पूर्ण पोखरेलीको मन जित्न सफल भएकाले आफ्नो संस्थाले पोखरा महोत्सवको भिडियो र फोटोको काम गर्न पाउदा खुसी लागेको मगरको भनाइ रहेको थियो ।
त्यस्तै पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटो तथा भिडियोग्राफीको माध्यामबाट संचित गर्न आफुहरु यसअघिको महोत्सवहरुमा सफल भएको वताउदै मयुरटाइम्सले समेत त्यसलाई निरन्तरता दिन आग्रह गरे । पोखरा महोत्सवको सम्पूर्ण गतिविधीहरु आफ्नो क्लवको पेजबाट हेर्न सकिने समेत वताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला