पोखरा १६ को लामाचौरमा बानियाँ ब्रदश प्रिजेन्ट फुटसल टुनामेन्ट सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा १६ को लामाचौरमा बानियाँ ब्रदश प्रिजेन्ट फुटसल टुनामेन्ट सम्पन्न भएको छ । मिरास फुटसलका संचालक हरि बानियाँको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका बडा नम्बर १६ का वडा अध्यक्ष अमृत तिमिल्सिना शर्मा रहेका थिए । खेल आयोजना जितु गुरुङ, ईश्वर बानियाँ र नवीन बानियाँले गरेका थिए ।

खेलमा २० टिमले सहभागीता जनाएको मा फाईनल खेलमा नवीन एसपी टिम र मुन फुटसल बी टिम पुगेका थिए ।
सोही बिच मुन फुटसल बी टिमले ५(१ को अन्तरले प्रथम स्थान हात पार्न सफल भयो भने नवीन एसपीले १ गोल गरि दोस्रो स्थान प्राप्त गर्यो ।
प्रथम हुने टिमले नगद रू ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे त्यसै गरि दोस्रो हुनेले पनि नगद रू ३० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

साथै वेष्ट प्लेर नवीन एसपी टिमका रोसन गुरुङले हात पारे भने हाई गोल स्कोप मुन फुटसलका टुनटुन छन्त्यालले प्राप्त गरे र बेष्ट किपर मुन फुटसल ए का रोसन क्षत्रीले प्राप्त गर्न सफल भए उनिहरूले पनि मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक जितु गुरुङले जानकारी दिएका थिए भने कार्यक्रम संचालन अस्मिता बानियाँले गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला