सहज ट्रेड बचत तथा ऋण सहकारीको १० औं साधारण सभा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पुष ३ ।
सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको संस्थाका जेष्ठ सदस्य खगेन्द्रमान ताम्राकारले उद्घाटन गरे ।
खगेन्द्रमान ताम्राकारले संस्थाकै जेष्ठ सदस्यलाई प्रमुख अतिथि बनाएर सहकारीका सेयर सदस्यहरुलाई उत्साह थप्ने काम गरेको वताउदै सहकारीमा आवद्ध सम्पूर्णले सहकारीको मर्म अनुसार काम गर्दै सहकारीलाई उत्कृष्ट बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै संस्थाका सल्लाहकार टुव राज बास्तोलाले सहकारीको सिद्धान्त अनुसार सहकारी अगाडि वढ्दै उत्पादनशील क्षेत्र संगै ब्यवशायी क्षेत्रमा सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा स्नातक र स्नाकोत्तर उतीर्ण भएका सहकारीमा आवद्ध शेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शेयर सदस्यहरु विश्व हरि जोशी र अनिता जोशीका सुपुत्री एलिना जोशी (ब्याचलर अफ साइन्स एण्ड नर्सिङ) विशिष्ट श्रेणीमा उतीर्ण, नविन नापित र कमला नापितका सुपुत्र र सुपुत्री सृष्टी नापित (बीडिएस) प्रथम श्रेणीमा उतीर्ण र अभिषेक नापित (ब्याचर अफ साइन्स) द्धितिय श्रेणीमा उतीर्णलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा उत्कृष्ट बचत गर्ने शेयर सदस्यहरु जुनाकुमारी पोख्रेल पन्त, राजु श्रेष्ठ, आरती गुरुङ, रामकुमारी गुरुङ, पवन श्रेष्ठ र मोहनमान जोशीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकृष्ण बास्तोला, सचिव सचिव चिन्तामणी बास्तोला, कोषाध्यक्ष माधव तिमिल्सिना र लेखा समिति संयोजक राजु श्रेष्ठले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदनमाथी सभाले अनुमोदन गरेको थियो ।
कार्यक्रमाम स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सरिता ताम्राकारले गरेका थिए भने सहकारीको सात सिद्धान्तको बाचन अध्यक्ष चिन्तामणी बास्तोलाले गरेका थिए ।
६ सय ४३ शेयर सदस्य रहेको सहकारीमा ५ करोड १६ लाख ६ सय शेयर पुंजी रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला