फेलोशिपको लागि आव्हान, दर्ता म्याद नजिकिदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा रिसर्च सेन्टरले गण्डकी प्रदेशमा नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीको  सहयोगमा युथ इन पोलीसी एंड गभरनेन्स(YPG) फेलोशिप कार्यक्रम गर्ने भएको छ। YPG भनेको नीति/कानुन निर्माण तथा सुशासन संग सम्बन्धित एक वर्ष लामो फेलोशिप कार्यक्रम हो।

२० देखि ३० वर्षका युवाहरुलाई राजनीति, सार्वजनिक नीति, संघीयता, कानुन निर्माण आदि विषयमा तालिम दिई यसको महत्वबारे सचेत गराउने यो कार्यक्रमको मुख्य उदेश्य हो।

यस फेलोशिप कार्यक्रमको लागि आवेदन डिसेम्बर २ अर्थात् मंसिर १६, २०७९ देखि सुरु भइसकेको छ र डिसेम्बर २२, पुष ७,२०७९ मा आवेदन म्याद समाप्त हुनेछ।

आवेदकहरुमध्येबाट पहिलो चरणमा ५० जना छनोट गरि पहिलो तहको तालिम दिईने छ।

दोस्रो चरणमा ५० जना मध्येबाट २५ जनालाई छनोट गरि दोस्रो तहको तालिम दिईने र आन्तिम चरणमा छनौट १२ जनालाई तेस्रो तहको तालिम प्रदान गरिने छ।

त्यसपश्चात १२ जनालाई YPG  फेलोको रुपमा गण्डकी प्रदेश सभाका सदस्यहरुसंग ज्ञान सहायक भई ६ महिना काम गर्ने अवसर प्रदान गराइने संस्थाले बताएको छ।

तसर्थ सामाजिक नीति नियम र सुशासनमा रुचि राख्नुहुने २०-३० वर्षका गण्डकी प्रदेशमा बसोबास गरिरहेका युवाहरुलाई डिसेम्बर २२, २०२२ अघावै YPG फेलोशिपमा आवेदन दिनुहुन अनुरोध गरिन्छ।

रुचि राख्नेहरुले तल दिएको लिंकमा गएर फारम भर्नुहुन आवाहन गरिन्छ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला