
पोखरा
पोखराको चिडियाखाना अब छिटै सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । यी पुस महिनाको अन्त्य वा माघ महिन भित्र टिकटको ब्यवस्था गरि खोल्ने तयारी भएको डिभिजन वन कास्कीका प्रमुख केदार बरालले जानकारी दिए ।
पुर्वामा रुपा ताल, दक्षिणमा चैनपुर(सिताको फाँट , पश्चिममा किमबेशी(खुदी र उत्तरमा पचभैयासम्म रहेको चिडियाखाना १३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसैगरी पोखरा महानगरपालिकाको तीन वटा वडा ३०,३१ र ३२ का पचभैया सामुदायिक वन, चैनपुर चायापानी सामुदायिक वन र चिसाकुना सामुदायिक वन गरि तिनवटा सामुदायिक वन पर्दछन ।
यिनै सामुदायिक वनउपभोक्त समितिबाट यस केन्द्रको ब्यवस्थापन समिति निर्माण गरिएको छ । चिडियाखाना डिभिजन वन कार्यालय कास्कीको मातहत ब्यवस्थापन समितिले सन्चालन गर्ने छ ।
हाल पोखरा प्राणी उद्धानरबन्यजन्तु उद्वार केन्द्रमा भएका बन्यजन्तु ब्यवस्थापन समितिको रेखदेखमा रहेकोले समितिले सन्चालन गर्ने प्रमुख बरालले बताए । चिडियाखानामा अहिले बीस प्रजातिका ६७ जनावर रहेका छन ।
बन्यजन्तुको स्थानान्तरण पोखरा प्राणी उद्धानरबन्यजन्तु उद्वार केन्द्रमा भएका बन्यजन्तुलाई स्थानान्तरण गरिएको छ ।
बुधबार केन्द्रमा भएको निल गाई,चित्तल र रतुवा मृगलाई चिडियाखानामा स्थानान्तरण गरिएको छ । डिभिजन बन कार्यालय कास्कीले राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको प्राविधिक टोलिको सहयोगमा स्थानान्तरण गरेको डिभिजन बन कार्यालय कास्कीका सुचना अधिकारी शालिकराम पराजुलीले जानकारी दिए ।
केन्द्रमा बिरामी बन्यजन्तुलाई राख्ने , भेटेनरी डाक्टरले औषधि उपचार गरि स्वस्थ भएपछि पुन प्राकृतिक वासस्थानमा छोड्ने हुदा चिडियाखाना जस्तो स्थायी रुपले जनावर राखिदैन । जनावरको शारीरिक बनावट बढेसंगै हाल राख्दै गरेको ठाउँबाट अन्यत्र सार्नु परेको जिल्ला बन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताए ।
बुधबार स्थानान्तरण गरिएको निल गाई ३ महिनाको र चित्तल ८ महिनाको बच्चा २०७२ पुस २८ गते चितावनको शंकर नगरबाट ल्याइएको थियो ।
कार्यालयले यस बर्षमा चितुवा,बन बिरालो ,ठूलो निर बिरालो , चरी बाग, निल गाइ, चित्तल, रतुवा मृग लगाएतका जनावरलाई स्थानान्तरण गरेको छ ।