प्याब्सन स्पोर्टस मिट : भलिबल, फुटबल, बास्केटबल, टेबुल टेनिस र एथलेटिक्सतर्फ अन्तिम चरणमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर २७ ।
१७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर मावितह र प्लस टु (कक्षा ११–१२) तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् ।

निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, भलिबल, बास्केबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेको स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जनाएकी हुन् । केही खेलका सेमीफाइनल र फाइनलका खेलहरु बुधबार सञ्चालन हुने गरी कार्यक्रम तय गरिएको उनले बताइन् ।

भलिबल प्लस टु तर्फ सेमीफाइनलको समिकरण पुरा
प्याब्सन कास्की अन्तर्गत जारी भलिबल खेलमा प्लस टु छात्रा तर्फ प्रतिभा र पश्चिमाञ्चल फाइनलमा प्रवेश गर्न सफल भएको भलिबलका संयोजक नबिन बरालले जनाएका छन् । त्यसै गरी तेश्रो स्थानका लागि करुणानिधि र गुरुकुल आमने सामने हुनेछन् । यस अघि प्रतिभाले करुणानिधिलाई र प्रतिभाले गुरुकुललाई समान २–० को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।

यता मावितह छात्रा भलिबलको भने क्वाटरफाइनलको समिकरण पुरा भएको छ । आजको खेलमा रेन्वोले डायमण्डलाई २–१ ले, नेपाल आदर्शले स्टेपबाईस्टेपलाई २–१ ले, ताराकुञ्जले नेशनल इन्भेन्टिभलाई २–० ले, टप्सले धवलागिरीलाई २–० को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेका छन् ।

त्यसै गरी मावि छात्रतर्फको सेमीफाइनलमा निलगिरी, सृजना, न्यू मोडल र धवलागिरी प्रवेश गरेका छन् । आजको खेलमा निलगिरीले नेशनल इन्भेन्टिभलाइ २–०, सृजनाले विद्या निकेतनलाई २–० ले, न्यू मोडलले ताराकुञ्जलाई २–१ ले र धवलागिरीले ढुङ्गेसांघुलाई २–० को सोझो सेटमा पराजित गरेका थिए ।

बास्केबलको फाइनल खेल बुधबार हुने
बास्केटबल प्लस टु छात्रातर्फको खेलमा प्रतिभा र भाष्कर उपाधिका लागि भिड्ने बास्केटबल खेलका संयोजक खिम गुरुङले बताएका छन् । यस अघि प्रतिभाले मेरीगोल्डलाई २८–९ र भाष्करले केफलाई २०–४ को स्कोरमा पराजित गरेका छन् । तेश्रो स्थानका लागि पराजित दुवै टिम भिड्ने छन् ।

इता छात्रतर्फ प्रतिभा र पारामाउण्ट फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । यस अघि प्रतिभालो बाल कल्याणलाई ३८–२० र पारामाउण्टले पश्चिमाञ्चलाई ३०–२५ ले पराजित गर्दै फाइनल यात्रा शुरक्षित गरे । बास्केटबल छात्र–छात्रा दुवैतर्फको तेश्रो स्थान र फाइनल खेल बुधबार हुने संयोजक गुरुङले जानकारी दिए ।

एथलेटिक्स खेल जारी
प्याब्सन स्पोर्टस मिट अन्तर्गत एथलेटिक्सका खेलहरु जारी रहेको संयोजक राम गुरुङले बताए । एथलेटिक्स प्लस टु छात्रातर्फ २०० मिटर दौडमा बाल कल्याणकी शुदिक्षा घले प्रथम, सृजनाकी अंशु विक द्वितिय र टप्सकी सम्झाना नेपाली तृतिय भएकी छन् ।

मावि छात्रा शटपुट तर्फ टप्सकी सम्पदा गुरुङ प्रथम, रेन्वोकी सृष्टि अर्मजा द्वितिय र फिसटेलकी कृष्टिना गुरुङ तृतिय भएका छन् । यस्तै हाइजम्प छात्रातर्फ टप्स सविना खातुन मिया प्रथम, बेसलाइनकी दृष्टि मास्के द्वितिय, स्नो भ्यूकी रिता रसाइली तृतिय भएका छन् । लङ्गजम्पतर्फ शान्ती निकुञ्जकी दिपशिखा रानामगर प्रथम हुँदा, बेसलाइनकी स्वस्तिका मल्ल द्वितिय र शिसुकल्याणकी तेजश्वी गुरुङ तृतिय बन्न सफल भइन् ।

प्लस टु छात्रतर्फ ८०० मिटर दौडमा केफका बिबेक परियार पहिलो, स्नो भ्यूका शुसन घिमिरे दोश्रो र सृजनाका हेमन्त गुरुङ तेश्रो भएका छन् । छात्र हाइजम्पमा एक्स आर्मीका जोल तामाङ पहिलो, मनकामनाका दिल बहादुर पुन दोश्रो हुँदा ग्लोबल कलेजियटका आनन्द घले र लिटिल स्टेपका निशान तामाङले तेश्रो स्थान प्राप्त गरे ।

टेबुल टेनिसका खेल सुरु
प्याब्सन स्पोर्टस मिट अन्तर्गत नै मावितर्फ छात्र–छात्राको टेबुल टेनिस खेल सुरु भएका छन् । प्रतियोगिता अन्तर्गत आज सम्पन्न डवल्स छात्रातर्फ सिर्जनाले टप्स विरुद्ध तथा ग्लोवलले केफ संग सेमीफाइनलमा भिड्नेछन् । त्यस्तै छात्रतर्फ रेन्वोले ग्लोबल संग र नेशनल इन्भेन्टिभले सिर्जना संग सेमीफाइनलमा भेट पक्का गरेका छन् । सिंगल्सतर्फ भने पहिलो राउण्डका खेलहरु जारी रहेको प्याब्सन कास्कीले जनाएको छ । सेमीफाइनल र फाइनलका खेलहरु पोखरा रंगशाला टेबुल टेनिस कोर्टमा बुधबार सम्पन्न हुनेछन् ।

फुटबल सिनियर र जुनियरतर्फ क्वाटरफाइनल खेल सम्पन्न
पोखराका विभिन्न खेल मैदानमा जारी सिनियर र जुनियर छात्र फुटबलमा क्वाटरफाइनलका समिकरण पुरा भएको प्रचार प्रसार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् । आज जुनियरतर्फको खेल परिणामा भने रोचक बनेको छ । शान्तीदिप खेल मैदानमा भएको खेलमा दुई विद्यालयहरु खेलाडीको कारण प्रोटेष्ट लाग्दा खेलनै गुमाउन पुगेका छन् । प्रतियोगिताको न्यायिक समितिले छानविन पश्चात मेट्रोपोलिटान र भ्यू पोइन्टलाई कार्वाही गरेको छ । खेलमा मेट्रोपोलिटानले वेसलाइनलाई ३–१ ले पराजित गरेको थियो भने भ्यू पोइन्टले कुमुदिनीलाई २–० ले पराजित गरेको थियो । तर दुवै टिम विरुद्ध उजुरी परेपछि पराजित दुवै टिमले अन्तिम चारमा स्थान बनाएका छन् । यसै गरी रेन्वोले स्नो भ्यूले ५–० ले र इडेनले मनकामनालाई २–० ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरे ।

त्यसै गरी सिनियर छात्रतर्फको खेल समेत क्वाटरफाइनलका समिकरण पुरा भएको छन् । अन्तिम चारमा स्थान बनाएको स्नो भ्यूले बालोदय सङ्ग र शान्ती दिपले मेरी गोल्ड संङ्ग भेट पक्का गरे । यस अघि स्नो भ्यूले बालविद्यालाई ३–१ गोल र बालोदयले शिसु कल्याल्याणलाई २–० ले पराजित गरेको प्याब्सनले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् ।

कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ ।

१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला