परिचय बचत तथा ऋण सहकारी संस्था लि को १० औँ वार्षिक साधाणसभा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

मंसिर २४, पोखरा ।
परिचय बचत तथा ऋण सहकारी संस्था लिमटेडको दशौं साधारण सभा पोखराको सहिद पार्कमा सम्पन्न भएको छ ।शनिबार (आज) भएको सभाले आर्थिक वर्ष ०७८÷०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

कास्की जिल्लाा सहकारी संघका निर्वतमान अध्यक्ष तथा पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीका शेयर सदस्यहरुलाई आग्रह गर्दै सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्यर सिद्धान्तमा रहेर अगाडी बढ्नु पर्ने बताए । तिवारीले सहकारीले हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले जनताको जीविका देखि व्यवसाय मौलाएको बताए । उनले आगामी दिनमा समेत सहकारीले स्थानियहरु सगँ हातेमालो गर्दै, निम्न आय स्रोत रहेका शेयर सदस्यहरुको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे ।

कास्की जिल्लाा सहकारी संघका उपाध्यक्ष अम्बिका गौतमले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने कुरामा जोड दिदै आफ्नो सहकारीका शेयर सदस्यहरुले सस्थाकाका बारेमा जानकारी लिनुपर्ने बताईन् ।
सहकारी का अधक्ष्य दीपक तिमिल्सिनाले सहकारीको आर्थिक विकासमा शेयर सदस्यहरु मेरुदण्डका रुपमा रहने भएकोले मेरुदण्डका बलियो हुनुपर्ने बताए । उनले अहिले च्याउ जस्तै सहकारी स्थापना भएर निक्षेप संकलन तथा कर्जा सापटी दिन पनि गार्हो भएको ले पनि सहकारीहरु एकीकरण आवस्यक भएको बताउदैं सदस्यहरू बाट सल्लाह सुझाबको आशा गरेको बताए ।
स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष यदुनाथ बञ्जाराले सदस्यहरुको साथ सहयोग भएर नै १० वर्ष सम्म आउन सफल भएको बताउदैं अब मिलेर अझै माथि सम्म यस संस्था लिएर जाने र नेपालको नमुना सहकारी बनाउने दृढता व्यक्त गरे । उनले सबै सदस्य कर्मचारी र सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा गरे ।
सहकारीका उत्कृष्ट परिचय बोनस बचतकर्ता मोहन गुरुङ्ग, आर्थिक सम्बृद्धि बचतकर्ता प्रतिक्षा पोख्रेल, नारी बचतकर्ता सुमिना केसी, लखपति बचतकर्ता उपेन्द्र प्रसाद शर्मा, बचतकर्ता जयदेव मुल्मि, असल कारोबारी बचतकर्ता डोलराज अर्याल, उत्कृष्ट कर्मचारी सिलक थापा र शोभा ओझा सम्मानित भएका छन् ।
सहकारीमा हाल ४२२ शेयर सदस्यमा १५८ महिला र २६४ पुरुष रहेका छन् ।
उक्त कार्यक्रममा कोषाध्यक्ष उमा सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाका सचिव बलराम बडल्ले गरेका थिए ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८÷ ०७९ मा ४ करोड ४१ लाख २३ हजार १ सय शेयर पूँजी र १८ करोड १९ लाख ९६ हजार ४ सय ८७ रुपैया ८१ पैसा बचत निक्षेप रहेको छ ।
त्यसैगरी १९करोड ९८ लाख ९४ हजार ७ सय ८९ रुपैंया ७९ पैसा कर्जा लगानी भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला