ताइपेइका हाङ र रसियाकी लैलालाई आइटीएफ जे–५ टेनिस उपाधी

नगेन न्यूज
  • ख-
  • ख+

मंसिर २४,पोखरा ।
कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे–५, सर्किट २ मा ताइपेइका के हाउ हाङले पुरुषतर्फ तथा रसियाकी लैला आक्मेतोवाले महिलातर्फ उपाधी जितका छन् । नेपाल टेनिस संघको सहयोगमा पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हङले अमेरिकाका हानु पटेललाई ‘रिटायर्ड हर्ट’मा पराजित गर्दै खेलमा जित हाँसिल गरेका हुन् ।
दोश्रो सेटको खेलमा १–० ले पछि परेका हानुले स्वास्थ्यमा आएको खराबीका कारण खेल छाडेका थिए । पहिलो सेटको खेल हाङले ६–४ ले आफ्नों पक्षमा पारेका थिए ।

महिलातर्फको फाइनलमा रसियन खेलाडी आक्मेतोवाल भारतकी दुर्गान्सी कुमारलाई ६–१, ६–१ ले पराजित गरिन् । प्रतियोगितामा विजयी खेलाडीहरुले आइटीएफको महत्वपूर्ण ३० अंक पाएका छन् ।
त्यसैगरि दोश्रो स्थान हाँसिल गरेका पुरुष तथा महिला खेलाडीले १८ अंक जोडेका छन् । पुरुषतर्फ भारतका बंश नन्दल र महिलातर्फ भारतकी काइरा सिद्धार्थले दोश्रो स्थान हाँसिल गरेका थिए ।
विजयी खेलाडीहरुलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले मेडल प्रमाण–पत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै कायस्थले पोखराले टेनिसमा महत्वपूर्ण सफलता हाँसिल गरेको बताए ।
वर्षेनी यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले खेलाडीलाई व्यवसायीकताको बाटोमा अघि बढाएको कायस्थको भनाई थियो ।

खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि टेनिस सिद्ध भएको उनले जनाए । पोखराको टेनिस विकासमा निजी क्षेत्रको अहम भूमिंका रहेको जनाउँदै अब सरकारी र कर्पोरेट क्षेत्रले पनि यसको महत्व बुझ्न आवश्यक रहेको औल्याए ।
आयोजक संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहयोगीप्रति आभार व्यक्त गर्दै अब पोखरामा छिट्टैनै माछापुच्छ्रे राष्ट्रिय ओपन तथा भेट्रान्स प्रतियोगिता आयोजना गरिने जनाए । संघका उपाध्यक्ष नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला