१८ औं संस्करणको लेखनाथ महोत्सव पौष ७ गतेबाट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा १८ औं संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ तालचोकस्थित डाँडाकोनाकमा पौष ७ देखि १८ गतेसम्म यस महोसत्व संचालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि ”भन्ने मुल नाराका साथ आयोजना हुँदैछ ।

विशेषगरी कोभिड–१९, विभिन्न कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को ब्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधि बढाउन यस महोत्सव आयोजना हुन संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिएका छन् ।

उनका अनुसार यस महोत्सवले औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एंव दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एंव बाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने बताएका छन् ।

यस महोत्सवमा साहित्यक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सांस्कतिक कार्यक्रम, संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनीलगायका विभिन्न मनोरञ्नामक कार्यक्रमहरु समेत हुने अध्यक्ष आत्रेयले बताएका छन् ।

३ सय ३७ स्टलहरु रहने यस महोत्सवमा करिब २ लाख ५० हजार दर्शकले मेला अवलोकन गर्ने र करिब १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको समेत उनले बताएका छन् । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तै महोत्सवबाट १० लाख बचत हुने अनुमान गरिएको र सो बचत रकमलाई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने पनि उनले जानकारी दिएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला