सहारा क्लब र हिमश्री फुड्स बीच सम्झौता थप १० बर्ष

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १३ मंसिर ।
आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताका लागि सहारा क्लब र हिमश्री फुड्स बीच १० बर्षिय सम्झौता भएको छ ।
मंगलबार हिमश्री फुड्स प्रालितर्फबाट कार्यकारिणी अध्यक्ष प्रेमकुमारी केसी र आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

२०८८ सम्म भएको सम्झौता बमोजिम हिमश्रीले २ करोड ७१ लाख क्लबलाई प्रदान गर्नेछ ।
मुख्य प्रायोजनवापत पहिलो ३ वर्षमा वार्षिक १८ लाख, दोस्रो ३ वर्ष वार्षिक २१ लाख, तेस्रो ३ वर्ष वार्षिक २४ हजार र २०८८ सालमा २७ लाख रुपैयाँ चरणबद्ध रुपमा बुझाउने सहमति भएको छ ।

यस्तै, प्रतियोगिताको व्यवस्थापकीय पक्षको लागि प्रत्येक बार्षिक रुपमा पहिलो ३ वर्ष ४ लाख ५० हजार, दोस्रो ३ वर्ष ५ लाख २५ हजार, तेस्रो ३ वर्ष ६ लाख २५ हजार र २०८८ मा ७ लाख रुपैयाँ प्रदान गर्ने छ ।
२०५९ सालमा आहा गोल्डकपको नाउँबाट १० वर्षको सम्झौता गरेको हिमश्रीले लगातार सम्झौता गर्दै आएको छ । सम्झौता कार्यक्रममा हिमश्री फुड्सका निर्देशक किरण केसी र प्रकाश केसीले बाबु स्व. सूर्यबहादुर केसीको खेल लगायत विभिन्न क्षेत्रमा सहयोगको भावनाको स्मरण गरे ।
प्रालिका निर्देशक किरण केसीले उत्पादनसँगै सहारा क्लबको समाजसेवमा थप १० वर्ष जोडिन पाएकोमा खुशी व्यक्त गर्दै सहारा क्लब प्रतियोगिता मात्र होइन समाजसेवामा पनि जोडिएको भएर त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार हर्षिद छौ । र यो साथ १० वर्षका लागि थप गरेको बताए ।
उनीहरुले प्रायोजनले फुटबल विकासमा टेवा पुग्ने अपेक्षा गरे । पोखराका समाजसेवी, उद्योगी एवं पूर्व सभासद् सूर्यबहादुर केसीको पहल र सक्रियतामा २०५९ सालमा आहा गोल्डकपमा हिमश्री फुड्सको उत्पादन आहा तयारी चाउचाउले मुख्य प्रायोजनको सम्झौता गरेको थियो ।
२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप प्रतियोगिता पुस १४ देखि पोखरा रंगशालामा हुँदैछ । प्रतियोगितामा १२ टिमले भाग लिनेछन् । सहारा एकेडेमीमा हाल तेस्रो ब्याचका १३ जना बालक आश्रित छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला