यु–१९ राष्ट्रिय क्रिकेटमा प्रदेश १ विजयी

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौ ।
यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश १ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश १ को जीतमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । मधेश प्रदेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रदेश(१ का लागि विपिन महतो र कप्तान दिपेश कँडेलले समान तीनरतीन विकेट लिए भने सन्देश भट्टराईले २ विकेट लिए । त्यस्तै आशीष मगर र आश्विन महतोले समान १र१ विकेट लिए ।

जीतसँगै प्रदेश १ ले फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । प्रदेश(१ को चार खेलबाट चार अङ्क भएको छ । पराजित मधेश तीन खेलमा अङ्कविहीन छ ।

प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।
प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले एक लाख पाउने छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला