सूचनाको हकका लागि पोखरा वडा नं ६ सञ्जाल गठन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
सूचना को हकका लागि पोखराको वडा वडामा सूचना बिस्तार अभियानको सुरुवात गर्दै शनिबार पोखरा महानगरपालिका वडा नं ६ का टोल बिकासबाट प्रतिनिधिहरुलाई सुचना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

सूचनाको हकका लागि वडा नं ६ को सञ्जालमा दुर्गा प्रसाद तिमिल्सिना संयोजक भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं ६ का वडा अध्यक्ष बिष्णु भट्टराईले सूचना हक सम्बन्धी कुनै पनि सूचना दिन वडा तयार रहेको मौखिक तथा लिखित सूचना यथासिघ्र उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै भ्रष्टचार र सुशान कायम राख्न सूचना अभियान्ताहरु लाई सघाउने बताएका थिए ।

कार्यक्रममा शिवराज बस्ताकोटी शिव दाईले प्रशिक्षण दिएका थिए । बस्ताकोटीले प्रशिक्षणमा सूचना माग्ने तरिकाहरु जानकारी तथा नागरिक सचेत हुने र आफ्नो ठाउँको विकास कार्यक्रम को जानकारी पाउन को लागि सूचना माग गर्नु नै सचेत नागरिक को कर्तव्य पनि हो भनी प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको अध्यक्षता सूचना हकका लागि पोखरा महानगर सञ्जालका अध्यक्ष अनिल थापाले गरेका थिए । टीका शर्माले स्वागत गरेको कार्यक्रम सञ्चालन पोखरा महानगर सञ्जाल सचिव सागर कार्कीले गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला