अण्डर–१९ राष्ट्रिय क्रिकेटका लागि गण्डकीको टोली घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।

गण्डकीको टोलीको कप्तानी सुवास भण्डारीले हुन् भने उपकप्तान दीपक डुम्रे छन् ।
टोलीका सदस्यहरूमा अर्जुन कुमाल, गोविन्द विक, सोहेल कुँवर, करन पँगेनी, सचिन अधिकारी, सिव्रिन श्रेष्ठ, अपराजित पौडेल, सुजन गौतम, किरण भट्टराई, नितेश गिरी, सुदीप अर्याल र शिशिर भुसाल छन् ।
यसैगरी वैकल्पिक खेलाडीहरूमा विवेक नेपाली, सगुन सापकोटा, संयोग बस्याल र विपिनराज न्यौपाने छन् ।
गण्डकीको टिम प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिए ।

गण्डकी प्रदेशले पोखरामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडीहरू छनोट गरेको हो ।
पोखरामा कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन भएको थियो । ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगितामा देशका सात वटै प्रदेशले सहभागिता जनाएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला