२० औं संस्करणको “समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेला” आयोजना हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा २० औं संस्करणको “समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेला” हुने भएको छ ।
पोखराको नयाँ बजार स्थित प्रर्दशनी केन्द्रमा मंसिर १६ देखि २५ गतेसम्म उक्त मेला आयोजना हुने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

संघको वार्षिक नियमित कार्यक्रमको रुपमा रहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाका दुई संस्करण भने कोरोनाका कारण आयोजना हुन सकेनन् । पछिल्लो समय कोरोनाको त्रास हटेसँगै संघले यस मेलालाई निरन्तरा दिन लागेको हो ।
यस व्यापार मेलामा करिब २ सय ५० स्टलहरु रहने संघका अध्यक्ष पवन कुमार प्रजापतिले जानकारी दिएका छन् ।

नेपालकै प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसको मुख्य प्रायोजन एंव नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारासहित यस व्यापारिक मेला हुन लागेको हो ।
अध्यक्ष प्रजापतिका अनुसार नारा अनुरुप नै यस मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको संभावनाको खोजी तथा यस प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहने बताएका छन् ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्ष, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु्याउने उद्देश्यले मेला आयोजना भएको समेत उनले जानकारी दिएका छन् ।

यस मेलाबाट अनुमानित आम्दानी १ करोड जसअन्र्तगत खर्च ८५ लाख रुपैयाँ हुने बताउँदै १५ लाख बचत हुने अनुमान आफुहरुको भएको बताएका छन् । सो बचत रकम उद्यमशीलत प्रवद्र्धन गर्न र व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने पनि उनले स्पष्ट पारेका छन् । विशेषगरी यो मेला नाफामुलक मेला मात्र नभइ यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव भएको पनि बताएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला