वाईवाई छनौंट क्रिकेटमा तनहुँमाथि कास्कीको जित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, कात्तिक २५ ।

वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगितामा कास्कीले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा जारी खेल अन्तर्गत शुक्रबार भएको खेलमा कास्कीले तनहुँलाई १ सय १८ रनले पराजित गरेको हो ।

टस जितेर पहिला व्याटिङ गरेको कास्कीले निर्धारित ५० ओभरको खेलमा ४६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ८७ रन बनायो । कास्कीको तर्फबाट शाहिल कुँवरले सर्वाधिक ६४ रन बनाए । सुवास भण्डारीले ४१ रन जोडे । तनहुँका बलरहरु सचिन अधिकारीले ३ तथा प्रदिप अर्याल, मिलन श्रेष्ठ र अनुप अधिकारीले समान २ विकेट लिए । अभिषेक पौडेलले १ विकेट लिएका थिए ।

जितका लागि १ सय ८८ रनको लक्ष्य पछ्याएको तनहुँको पारी २८.३ ओभरमा ६९ रनमै समेटियो । तनहुँको तर्फबाट पासाङ दोर्जे तामाङले सर्वाधिक २७ रन बनाए । कास्कीका बलरहरु म्यान अफ द म्याच सुवास भण्डारीले ४, नितेस गिरी र रोहित चन्दले समान ३ विकेट लिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला