सहारा फुटबल एकेडेमीलाई स्व.केसीको परिवारद्धारा १५ लाख हस्तान्तरण

नगेन न्यूज
  • ख-
  • ख+

कात्तिक १८, पोखरा ।
पोखराका प्रतिष्ठित उद्योगी एवं राजनीतिज्ञ सूर्यबहादुर केसीको परिवारबाट सहारा क्लब पोखराले सञ्चालन गरेको फुटबल एकेडेमीलाई रु १५ लाख सहयोग प्राप्त भएको छ ।

सूर्यबहादुर केसीको दोस्रो वार्षिक स्मृति दिवस पारेर बिहीबार केसीका परिवारले सो रकम प्रदान गरेका हुन् ।

स्व केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँगको बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकाले परिवार एकेडेमीको सञ्चालनमा जोडिएको बताए ।

गत वर्ष केसी परिवारले क्लबले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक रु १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको थियो ।

सहारा एकेडेमीमा १४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहँदै आएका छन् । हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लबले आयोजना गर्ने आहा(रारा) गोल्डकप प्रतियोगिताको मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

सहारा क्लबले आफैँले जग्गा खरिद गरेर पोखरा(१७ दोविल्लामा एकेडेमी सञ्चालन गर्दै फुटबल खेलको विकास गदैै आएको छ ।
त्यस्तै कार्यक्रममा स्व जुमबहादुर गुरुङको स्मृतिमा उनको परिवारले एकेडेमीलाई रु ५० हजारको अक्षय कोष सञ्चालन गर्ने गरी रकम हस्तान्तरण गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला