नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्दै आर्मीले उचाल्यो ट्रफी, प्रदेशमा गण्डकी प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

विभागिय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सर्वाधिक पदक जित्दै प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित उपाधि कब्जा गरी राष्ट्रिय खेलकुद प्रतियोगितामा जितको ह्याट्रिक पुरा गरेको हो ।

आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदक सहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त ग¥यो । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधि समेत जितेको थियो । राखेपले पहिलो पटक १० लाख खर्च गरेर बनाएको उक्त ट्रफी सातै प्रदेश र विभागिय क्लवहरुमा टुर गराइएको थियो ।

६४ स्वर्ण ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक सहित शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदक सहित नेपाल प्रहरी क्लव तेश्रो भएको छ ।

प्रदेशमा गण्डकी प्रथम
घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरु मध्ये पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य सहित १ सय २० पदक सहित समग्रमा चौथो भएको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक सहित पाँचौं स्थानमा रहेको छ ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य सदक सहित सुदुरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७ कास्य पदक सहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कास्य पदक सहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहेको छ । मधेश प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौै स्थानमा रहेको छ । मधेश प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जितेको हो ।

सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्प्रर्धा हुने घोषणा गरिए पनि प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २/२ स्वर्ण पदक र स्क्वास र सफ्ट टेनिसमा एक–एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए । गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाण्डौंमा भएको थियो ।

प्रतियोगितामा पुरुष ३ हजार ४ सय १४, महिला २ हजार ७ सय १३ गरी कुल ६ हजार १ सय २७ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा पौडी खेलको कान्छो खेलाडी रितिका बुमी सुदूरपश्चिमकी रहेकी थिइन । उनको उमेर ७ वर्ष २२ दिन मात्र रहेको थियो भने जेठो खेलाडीका रुपमा प्रदेश १ का स्क्वासका खेलाडी धनबहादुर घले रहेका थिए । उनको उमेर ६१ वर्ष ४ महिना रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला