नवौं राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले १÷१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राइयथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् ।

पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमि दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेका हुन् ।

महिलातर्फ भने निर्धारित दुरि १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन ।

प्रतियोगिताको पुरुषतर्फ निर्धारित दुरि १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत पदक जिते भने नेपाल प्रहरीका मौलिक महर्जनले निर्धारित दुरि १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पार गर्दै काश्य पदकमा चित्त बुझाए ।

त्यस्तै, महिलातर्फ नेपाल प्रहरीकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रजत पदक जित्दा आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पार गर्दै काश्य पदक जितिन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला