जुडोमा आर्मीलाई ४ स्वर्ण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा
नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् ।
पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शिर्षस्थानमा छ । आर्मीले ३÷३ रजत र कास्य पदक पनि जितेको छ ।
नेपाल पुलिस क्लबका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका छन् । पुलिसले १ रजत र ५ कास्य पदक प्राप्त गरेको छ ।
बाग्मतीले प्रदेशले १ रजत र ३ कास्य पदक जित्यो । लुम्बिनी र एपिएफले १÷१ रजत जितेका छन् । मधेश प्रदेश, कर्णाली प्रदेश र एनआरएनले १÷१ कास्य हात पारेका छन् ।


आर्मीका अनिल बलामीले ७३ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् । महिलातर्फ ४८ केजीमुनि तौल समूहमा सुमित्रा राई, ५२ केजीमुनि तौल समूहमा देविकामाया श्रेष्ठ, ६३ केजीमुनि तौल समूहमा लिला अधिकारीले आर्मीका लागि स्वर्ण दिलाए ।
पुलिसका लागि पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा उमेश मगर, ६६ केजीमुनि तौल समूहमा इन्द्रबहादुर श्रेष्ठले स्वर्ण दिलाएका हुन् । यस्तै महिलातर्फको ५७ केजीमुनि तौल समूहमा पुलिसकी मनिता श्रेष्ठले प्रधानले स्वर्ण हात पारेकी हुन् ।

गण्डकीले घरेलु मैदानमा भएको जुडोमा खाता खोल्न सकेन ।सुदुरपश्चिम र प्रदेश नम्बर १ पनि पदकविहिन छन् ।
पुरुषतर्फ ८१, ९०, १०० केजीमुनि र १०० केजीमाथि उमेर समूहमा पदकको छिनोफानो हुन बाँकी छ । ७०, ७८ केजीमुनि र ७८ केजीमाथि उमेर समूहमा महिला खेलाडीले पदकको लागि भिड्नेछन् । यस्तै, मिक्स टिम इभेन्टमा पनि खेल हुनेछ ।
नेपाल जुडो संघका संस्थापक उपाध्यक्ष खड्गबहादुर दाहालले नरिवल फुठाएर पुजापाठ गर्दै खेलको सुरुआत गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला