‘ग्लो संस्था’द्धारा महिलाहरूलाई निःशुल्क सिलाई कटाईको तालिम प्रदान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा महानगरपालिका वडा नं –१५ नयाँ गाउँमा अवस्थित सहयोगी संस्था ‘ग्लो संस्था’ ले विभिन्न २० जना महिलाहरूलाई निःशुल्क सिलाई कटाईको तालिम प्रदान गरिरहेको छ ।
विगत लामो समयदेखि पोखरामा रहेर शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता,प्राविधिक तथा कृषि लगायतका क्षेत्रमा सहयोगीको भूमिका खेल्दै आइरहेको ’ग्लो संस्था’ ले हाल वडा कार्यालय १५ को समन्वयमा २० जना महिला दिदीबहिनीका लागि निःशुल्क सिलाई कटाईको तालिम सञ्चालन गरेको हो ।
तालिममा एकल महिला, अपाङ्ग महिला लगायत विभिन्न समस्यामा परेका महिलाहरू सहभागी छन्।
संस्थाकी संस्थापक अध्यक्ष सिता पौडेलले तालिमका लागि वडाबाट २२ जना महिला दिदीबहिनी सिफारिस भएपनि स्वास्थ्यका कारणले हाल २० जना मात्र तालिममा सहभागी भइरहेको बताउदैं पहिले–पहिले सिलाई कटाईलाई जातियताका आधारमा हेर्ने गरिएपनि समाजमा सीपको महत्त्वले स्थान पाउँदै गएपछि अचेल सिलाई सम्बन्धी तालिम लिनका लागि धेरैले रूची राख्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले घर बाहिर सीप सिक्नका लागि महिलाका लागि पारिवारिक तथा सामाजिक अनुकूलता नरहेपनि पछिल्लो समय सीपको महत्त्व बुझेर महिला दिदी बहिनीहरू तालिमका लागि आउँदा खुसी लाग्ने गरेको बताउनुभयो ।

बुटवलबाट खुट्टाको उपचार गर्न पोखरा आएकी धनमाया स्याङतान पोखरा बसाईको क्रममै निःशुल्क सिलाई कटाई तालिमको कुरा सुनेपछि वडा कार्यालयको सिफारिस लिएर यहाँ आएको बताउनुभयो । खुट्टा गुमाउनु पर्दाको पीडा र कमजोर आर्थिक अवस्थाका कारण जीवन रित्तिएको महसुस गर्दै कहिलेकाहीँ त आत्महत्याको प्रयास समेत गर्ने गरेको बताउदैं उहाँलाई यस संस्थामा आएपछि सीपसँगै व्यवहारिक शिक्षा पनि सिकेको बताउनुभयो ।
संस्थाकी आमाको व्यवहारिक शिक्षाले आफूलाई ऊर्जा मिलेको भन्दै उहाँले यहाँ सिकेको सीपले धेरै आत्मविश्वास बढेको बताउनुभयो ्।

यस्तै पोखराको फलेपाटनमा बस्दै आएकी एकल महिला रोशनी लामा घरहरुमा रङ लगाउने काम गर्ने कमाएर दिने मान्छे नभएपछि जीवन यापनका लागि सीप सिकेर आत्मनिर्भर बन्ने लक्षका साथ वडा मार्फत संस्थामा सिलाईको तालिम लिन आएकी लामा अहिलेसम्म २० प्रकारका सिलाई कटाई सम्बन्धी सीप सिकिसकेको बताउनुभयो । सुरुका दिनमा मेसिन समेत चलाउन नजानेको क्षण सम्झँदै उहाँले अहिले आफ्ना लागि आफै विभिन्न डिजाइनका कपडा सिलाउन सक्ने भएको प्रतिक्रिया दिनुभयो ।
संस्थाले दिएको सीप र व्यवहारिक ज्ञानले छिट्टै स्वरोजगार बनेर सहज जीवन यापनका साथै आफ्नो १४ वर्षीय छोरालाई पढाउन सक्छु भन्ने आत्मविश्वास र हौसला मिलेको लामाको भनाई छ ।

कमजोर आर्थिक अवस्थाकै कारण प्लस टु सकेर पढ्ने इच्छालाई जबरजस्ती बिट मार्न बाध्य जोया नेपाली गएको ५ वर्ष न सीप न पढाई घरमा यत्तिकै बस्नुपरेको पीडा पोख्दैं समाजमा विद्यमान लैङ्गिक भेदभावबारे असन्तुष्टि जनाउने जोया महिलालाई घरायसी कामकाजमा मात्र सीमित राख्न खोजिने र उनीहरूको इच्छालाई परिवार र समाजले कहिले पनि बुझ्न नचाहेको आरोप लगाउँनुहुन्छ ।
तर, अहिले सीप सिकेपछि आफ्नो धारणा नै परिवर्तन भएको भन्दै जागिर भन्दा सीप स्थायी हुने र आफ्नो क्षमता अनुरूपको व्यवसाय सुरु गर्ने जोयाका सोच रहेको छ ।

सिलाई कटाई तालिमकी प्रशिक्षक उषा नेपालीले अवसरबाट बंचित भएका महिला दिदी बहिनीहरूको आफ्नै लगन र परिश्रमले छोटो समयमै यस संस्थामा आएर बजारका नयाँ–नयाँ फेसन अनुसारका डिजाइनहरू तयार गर्न सक्ने भइसक्नु भएको सिलाई कटाई तालिमकी प्रशिक्षक उषा नेपाली । समाजमा विभिन्न कारणले पिछडिएका महिलाका लागि यस संस्थाले विगतदेखि नै यस्ता आय आर्जनको तालिमहरू सञ्चालन गर्दै आइरहेकोमा यहाँ सिकेको सीपले आर्थिक रूपमा मात्र नभएर एउटा असल नागरिक बनाउनमा पनि संस्थाले भूमिका खेलेको उहाँको धारणा छ ।

पोखरा –१५ का सचिव प्रमोद कुमार गुरुङले ग्लो संस्थाले दिएको तालिमका लागि वडामा बसोबास गरिरहेका आर्थिक रूपले विपन्न, एकल तथा अपाङ्ग महिलाहरूलाई सिफारिस गरिएको बताउँनुभयो । वडामा रहेका अन्य संस्थाहरूसँग समन्वय र सहकार्य मार्फत आगामी दिनमा पनि लक्षित वर्गका लागि आर्थिक उपार्जन र व्यावसायिक सिपको तालिमका लागि कार्यक्रमहरू विनियोजन गरिएको उहाँको भनाई छ ।

वडा नं १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले गत वैशाखको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आइसकेपछि अबको विकास पूर्वाधारमा मात्र नभएर मानवीय विकासका लागि हुनुपर्छ भनेर वडाले चालेको र वडाले बनाएको योजनालाई सफल तुल्याउनका लागि यस संस्थाबाट सहयोग मिलेको र सोही अनुसार महिला दिदीबहिनीको लागि कार्यक्रम गर्ने चाहाना अनुरूप सिलाई कटाई तालिम सञ्चालन गरिएको बताउँनुभयो ।

बानियाँले तालिममा सहभागी महिला दिदीबहिनीहरूले छोटो समयमै सीप हासिल गरेको र अब सिकेको सीपलाई भरपुर प्रयोग गरेर व्यवहार उतार्नपर्छ, उद्यमी बन्नुपर्छ र आय आर्जनमा जोडिनुपर्छ भनेर हौसला दिइरहेको विश्वास व्यक्त गर्नुभयो ।

वडा नं १५ लाई उद्यमशीलतामा जोड्नपर्छ, स्वरोजगारको सृजना गर्नुपर्छ भन्ने उद्देश्यले वडाले यस्ता कार्यक्रमहरू ल्याइरहँदा ग्लो संस्थाले स्थानीय सरकारले गर्नुपर्ने काममा अग्रसरता लिइरहेकोप्रति अध्यक्ष बानियाँले संस्थालाई धन्यवाद दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला