सिकाइ सहजीकरण सिकारुमैत्री र सहभागितामूलक हुनुपर्छ : शर्मा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा/ प्रजातन्त्रवादी प्राध्यापक सङ्घ,पृथ्वीनारायणक्याम्पस पोखराको आयोजनामा शुक्रवार सिकाइ सहजीकरणसम्बन्धी तेस्रो मासिक शृंखला कार्यक्रम सम्पन्न भयो | कार्यक्रममा उपप्राध्यापक विष्णुप्रसाद शर्माले सिकाइ सहजीकरणलाई सिकारुमैत्री र सहभागितामूलक बनाउने उपाय सम्बन्धी अनुसन्धान पत्र प्रस्तुत गर्दै हाम्रा शिक्षण सिकाइ कार्य अन्तरक्रियात्मक, उत्पादनात्मक र रचनात्मक हुनुपर्ने धारणा राखे |

सिकाइ सहजीकरणमा व्यक्तिगत सिकाइ, जोडी सिकाइ,समूह सिकाइ र समग्र कक्षागत सिकाइलाई महत्त्व दिंदै सहभागितामूलक सिकाइ सहजीकरणका लागि प्रस्तुतीकरण, अभ्यास र उत्पादनमा जोड दिनुपर्ने उनको तर्क थियो | सिकाइ सहजीकरणलाई सहभागितामूलक बनाउन सिकारुमा ज्ञानको निर्माण गराउने, सन्दर्भ र समास्याकेन्द्रित सिकाइमा जोड दिने, सिकाइ सहजीकरणमा सिद्धान्त र व्यवहारको समन्वय गराउने, शिक्षक सहजकर्ताका रुपमा र विद्यार्थी सक्रिय खोजकर्ताका रुपमा रहने, सिकारुमैत्री भाषा, सामग्री र कार्यकलापको उपयोग गर्नाले सिकारुमा स्थायी परिवर्तन आई समाज रुपान्तरणमा सहयोग पुग्ने हुनाले स्नातक तहको पठनपाठनलाई सेमेस्टर प्रणालीमा आधारित सभागितामुलक बनाउनुपर्ने अनुसन्धानबाट निष्कर्ष आएको बताए |

अनुसन्धान पत्रमाथि समीक्षा प्रस्तुत गर्दै उपप्राध्यापक बोधराज ढकालले अनुसन्धान पत्रमा धेरै कुरा समेटिएको भए पनि प्राप्ति र सिद्धान्तसंगको सम्बन्ध,शोधार्थीको दृष्टिकोण,तथ्यांक विश्लेषणका तरिकालगायत विषय स्पष्ट पार्नुपर्ने सुझाव दिए | उनले अनुसन्धानबाट आएका निष्कर्षलाई नीतिगत र व्यावहारिक तहमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए | कार्यक्रममा प्राध्यापक सङ्घका सभापति डा. लक्ष्मीशरण अधिकारी, ड़ा.सबिन्द्र भण्डारी,सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराका अध्यक्ष्य सहप्राध्यापक योगराज पोडेल,नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका उपसभापति आनन्दमणि रिजाल, उपप्राध्यापकहरु हिमामाया पोडेल, सुरज पौडेल,गोविन्दप्रसाद गैरे र संजीवराज खनालले अनुसन्धान पत्र र सिकाइ सहजीकरणलाई सिकारुमैत्री र सहभागितामूलक बनाउने विषयमा रचनात्मक टिप्पणी राखेका थिए |

प्राध्यापक, विद्यार्थी र शुभेच्छुकहरु सम्मिलित कार्यक्रमको सभापतित्व संस्थाका उपाध्यक्ष्य सनदकुमार श्रेष्ठ र कार्यक्रमको संचालन संस्थाका सचिव उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठीले गरेका थिए | संस्थाले हरेक महिना अनुसन्धानमूलक गोष्ठी गर्दै आएको संस्थाका सहसचिव मदन बरालले जानकारी दिए |

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला