लक्ष्मी मा.वि मा अभिभावक भेला सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ,भदौ २७ ।
पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको सोमबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका लागि तीन जना अभिभावकको छनौट गरेको छ ।
भेलाले हरिप्रीया पौडेल, रामकृष्ण जि.सी र सुस्मिता खड्का रसाईलीलाई छनौट गरेको हो । अभिभावकको भेलाबाट छनौट भएका सदस्य, वडाको शिक्षा समितिले मनोनित गरेका दुई जना, वडाका अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि, विद्यालयको शिक्षक अभिभावक संघको प्रतिनिधि, उत्कृष्ट चन्दादाता मध्येबाट एक जना प्रतिनिधि सहितको व्यवस्थापन समिति गठन हुने व्यवस्था शिक्षा नियमाबलीमा रहेको छ ।
भेलामा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले उत्कृष्ट विद्यालय बनाउन अभिभावकहरुको महत्वपूर्ण भूमिका हुने बताउदैं पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर खस्किदा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । वडा अध्यक्ष थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारको रुपमा रहेको महानगर र वडाले पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो ।
पोखरा महानगरपालिका शिक्षा शाखाका विद्यालय निरिक्षक विश्वराज आचार्यको संयोजकत्वमा भएको अभिभावक भेलामा वडा सदस्यहरु तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामकृष्ण जि.सी, विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारी र सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिवारी लगायतले शैक्षिक गुणस्तरका विषयमा बोलेका थिए ।
दश जोड दुई सम्म अध्यापन हुने उक्त विद्यालयमा आठ सय ३४ जना विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला