
पोखरा ।
सिर्जनशील यूवा कला पुरस्कार २०७९ बाट युवा कलाकार विश्व केसी सम्मानित हुनु भएको छ ।
सिर्जना कलेज अफ फाईन आर्ट काठमाण्डौमा प्रविणता तह सम्म अध्ययन गर्नु भएको कलाकार नेपाल ललितकला लोकतान्त्रिक संघ कास्कीको सभापति कलाकार केसीले ५ वटा एकल कला प्रदर्शनी, दर्जनौ पटक सामुहिक कला प्रदर्शनी गर्नु भएको छ ।
प्रतिस्थापन कलाका साथै धेरै अमुर्त कला सिर्जना गर्ने ३९ वर्षिय कलाकार केसीले बनाएका अन्तराष्ट्रिय मुर्ति कला कोमागाने पार्क पोखरामा देख्न सकिन्छ । कलाकार केसीले २०७५ मा नाफाबाट प्रादेशिक मुर्तिकला अवार्ड प्राप्त गर्नुभएको थियो ।
सम्मानित केसीले ढिलै भएपनि कलाको सम्मान भएकोमा खुसि लागेको बताउनुभयो ।
वरिष्ठ फोटोग्राफर तथा साहित्यकार विश्व रत्न शाक्यबाट आफना वुवा आमाको स्मृतिमा २०६४ सालमा एक लाख पचास हजार रूपैया राशिको अक्षयकोष स्थापना गरी सिर्जनशील युवा कलाकारहरूलाई पुरस्कार वितरण गर्दै आएको छ ।
शाक्यले युवा कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्वेश्यले स्थापना गर्नुभएको सिर्जनशील कलाकार समुह कास्कीले प्रत्येक वर्ष निरन्तर कला साधना गर्ने कलाकारलाई सिर्जनशील युवा कलाकार पुरस्कार दिदै आएको छ ।
ताम्रपत्र सहित नगद दश हजार रूपैंया रहेको पुरस्कारबाट सुनिल सिग्देल, डि राम पाल्पाली, पदम घले, ईन्द्र खत्री, सञ्जय गुरूङ्ग, गणेश जिसी, एन बि गुरूङ्ग, ईशान परियार, विश्वराज पराजुली, थमन सिं सुनार, जगत पुन, झबिन्द्र गुरूङ्ग, दल बहादुर गुरूङ्ग, अमृत कार्की, मनोज तामाङ्ग, सम्मानित भईसकेका छन् ।