लिटिल स्टेप मा.वि मा स्वागत र अभिमुखिकरण कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
विगत ४० वर्ष देखि सिमलचौर ८ पोखरामा संचालित यस लिटिल स्टेप माध्यामिक विद्यालयको कक्षा ११का लागि स्वागत र अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका संस्थापक प्राचार्य पम्फा गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको भुमिका संस्थाका संस्थापक अध्यक्ष शेर बहादुर गुरुङ्गले गर्नु भएको थियो भने विशेष अतिथिमा संस्थाका सल्लाहकार समितिका सदस्य भिमनाथ बराल र संस्थाका कार्यकारी निर्देशक राज कुमार गुरुङ्ग रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष शेर बहादुर गुरुङ्गले विद्यालयको स्थापनाकाल देखि हाल सम्मको गतिविधि बारे प्रकाश पार्नु भएको थियो ।
विद्यार्थी, अभिभावक, शिक्षक सम्मिलित उक्त कार्यक्रममा कक्षा १२ का छात्र छात्राहरुबाट एकल र सामूहीक नृत्य ÷गायन पस्तुत भएको थियो ।
सभाध्यक्ष पम्फा गुरुङ्गले सम्पूर्णलाई उपस्थितिका लागि धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
भव्यताका साथ सम्पन्न उक्त कार्यक्रमको संचालन विद्यालयका संयोजक विनोद गिरिले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका संचालन प्रमुख अच्युत पौडेलले गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला