डायमण्डमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, ७ भाद्र ।
पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
विद्यालयका प्रिन्सिपल यम वहादुर रोकाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना साथै हालका विद्यालयका गतिविधि र भावी योजनासमेत प्रस्तुत गर्नु भएको थियो । उहाँले नवआगन्तुक विद्यार्थीहरुलाई मन्दिर भित्रको ढुङ्गा र बाटोको ढुङ्गाको उदारण दिदै सबैले पुज्ने बन्नु पर्नेमा जोड दिनुभएको थियो ।
विद्यालयका व्यवस्थापक प्रमुख हरिप्रसाल लामिछानेले विद्यार्थीहरुका लागि विद्यालय गतिविधिलाई चुस्त राख्न गरिएको व्यवस्थाको बारेमा जानकारी दिनुका साथै असल नागरिक बन्न विद्यार्थीहरु लगनशील हुनुपर्ने वताउनु भएको थियो ।
विद्यालयका शैक्षिक प्रमुख संजिव थापाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न विषयको पाठयक्रम र पढाई पद्दत्ति, +२ को दुई वर्षे पढाई किन महत्वपूर्ण छ भन्ने बारेमा जानकारी प्रस्तुत गर्नु भएको थिए ।
विद्यालयका +२ संयोजक शिव प्रसाद लामिछानेले विद्यार्थीहरुलाई मुल्याङ्कन सैद्घान्तिक तथा प्रयोगात्मक प्रकृयाको बारेमा जानकारी, पढाई हुने विषयहरुको बारेमा जानकारी तथा अनुसाशन र विद्यालयका नियमहरुको बारेमा जानकारी दिनुभएको थियो ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद सहित हरेक व्यक्ति आफैमा क्षमतावान हुने र आफ्नो क्षमताको सहि सदुपयोग गदै शैक्षिक उन्नति तर्फ सबै विद्यार्थीहरुलाई जागरुप हुन् अनुरोध गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नारायण प्रसाद पराजुलीले गर्नुभएको थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला