पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन हुँदै

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन भदौ २४ र २५ गते पोखरामा हुँदै छ । अधिवेशनले आउँदो २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिको नेतृत्वमा प्यानल घोषणा भएको छ । अध्यक्षमा प्रजापति, वरिष्ठ उपाध्यक्षमा हालका उद्योग उपाध्यक्ष गोकर्ण काकी, वाणिज्य उपाध्यक्षमा हिरामणी पण्डित र महासचिवमा बलराम आचार्यको नाम छ ।

यस्तै, कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला र उपमहासचिवमा शोभा गौतमलाई अघि सारिएको छ । यसअघि हालका वाणिज्य उपाध्यक्ष अर्जुन पोखरेलले एक्लै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उम्मेदवारी घोषणा गर्दै प्रजापति भन्छन्, ‘निरन्तर कार्यसमितिमा रहेर काम गर्दै आएँ । वरिष्ठ उपाध्यक्षमा काम गरेपछि म अध्यक्षको स्वतः दाबेदार हुँ ।’ उनले सर्वसम्म नेतृत्व चयनको प्रयास गरेपनि सफल हुन नसकेको बताएका छन् । उनको प्यानलले १४ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला