पोखरामा असोज ६ गते अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

सुबी गुरुङ
  • ख-
  • ख+

आगामी असोज ६ गतेदेखि तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता र पहिलो माउन्ट एभरेस्ट जीसीएस अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पूम्से प्रतियोगिता हुने भएको छ । तेस्रो संस्करणको तेक्वान्दोमा विश्व वरियता जी टू का खेलाडीले सहभागिता जनाउनेछन् । आयोजक नेपाल तेक्वान्दो संघले प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा गर्ने जनाएको छ । यसको सहआयोजक अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ रहेको छ । प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न आयोजकले सबै तयारी गर्ने मंगलबार भएको पत्रकार सम्मेलनमा जनायो ।

असोज ९ गतेसम्म हुने चार दिने प्रतियोगितामा भाग लिन यही भाद्र ९ गतेदेखि खेलाडीले दर्ता गर्नुपर्नेछ । आयोजकले जनाएअनुसार हालसम्म ११ राष्ट्रबाट ८ सय ११ खेलाडीले सहभागिता जनाउन दर्ता गरिसकेका छन् । आयोजकले दर्ता समयावधिसम्म १ हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा पनि गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ५५ लाख खर्च हुने पनि आयोजकले अनुमान गरिएको छ खेलकुदमार्फत् गण्डकी प्रदेशलाई खेलकुदको सहरको रूपमा स्थापित गर्न सकिने पनि जनाएको छ । यस्तै, कोभिडले थलिएको नेपालको पर्यटन प्रवद्र्धन हुने पनि आयोजकले आसा लिएको छ । तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता कोसेढुंगा सावित हुने पनि उनीहरूले विश्वास लिएका छन् ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला