लायन्स न्यूरोड चौतारीको ११ औं स्थापना दिवसको अबसर खाद्यान्न र लत्ताकपडा वितरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीले अनाथलयका बालवालिकाका लागि खाद्यान्न र लत्ताकपडाहरु वितरण गरेको छ ।
आइतबार क्लवले ११ औं स्थापना दिवसको अबसरमा पोखरा –१५ टुटुङ्गा स्थित रहेको सृजनशील बालबिकासमा खाद्यान्न र लत्ताकपडा प्रदान गरेको हो ।
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको ११ औं स्थापना दिवसको अबसर पारेर बालगृहमा रहेका डेढदर्जन बालबालिकाका लागि आवस्यक पर्ने खाद्यान्न, शैशिक सामाग्री, बेडकबर लगायत ३० हजार रुपैयाँका सामाग्री हस्तान्तरण गरिएको क्लका सचिब माधब बास्ताकोटीले बताउनुभयो । उहाँले क्लबले बार्षिक कार्यतालिका बनाएर विभिन्न सामाजिक कार्य गर्नूकासाथै स्थापना दिवसका अबसरमा प्रत्येक बर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे का कम्युनिकेशन चिफ प्रजापति बास्तोलाले क्लबले आफ्नो स्थापना दिवसका अबसरमा अनाथलयका बालबालिकाका लागि आवस्यक पर्ने खाध्यान्न र शैशिक सामाग्री प्रदान गरेर मानबीय कार्य गरेको बताउनुभयो ।
कम्युनिकेशन चिफ बास्तोलाले लायन्स क्लबहरुले स्वास्थ्य, शिक्षा, वातावरण लगायत दैबीप्रकोपको क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले एक दशक अघि स्थापना भएको यस क्लवले समाज सेवाका क्षेत्रमा महत्वपुर्ण कार्य गरेको बताउदै आगामी दिनमा पनि विभिन्न अबसर र सेवाबाट बन्चित भएका सर्वसाधारणलाइ केन्द्रीत गरेर कार्य गर्न क्लवलाइ सुझाउनुभयो ।
बालगृहका प्रमुख शंकर पन्तले सहयोगी दाताहरुको सहयोगका भरमै बालगृहमा रहेका बालबालिकाको क्षिक्षादिक्षा र लालनपालन गर्दै आएको बताउनुभयो ।
उहाँले विभिन्न माध्यमबाट बालगृहमा आइपुगेका बालाबालिकाको पालनपोषणसंगै प्राथमिकदेखि उच्चतहसम्मको शिक्षादिक्षा दिदै आएको बताउनुभयो । प्रमुख पन्तले क्लवले गरेको यस सहयोगले ठुलो राहतको अनुभुति भएको उल्लेख गर्नुभयो ।
संस्थापक अध्यक्ष बलाराम बरालले सन २०१२ मा स्थापना गरिएको यस क्लबले समाजसेवाका बिभिन्न क्षेत्रमा कार्य गर्दै आएका बताउनुभयो । उहाँले प्रत्येक बर्ष क्वबबाट निर्वाचित भएका अध्यक्षहरुले स्वास्थ्य, शिक्षा, वातावरण, दैबिविपत्ति लगायतका क्षेत्रका महत्वपुर्ण कार्य गर्दै आएको बताउनुभयो ।
क्वका अध्यक्ष कृष्ण बहादुर लम्सालले आफ्नो कार्यकालको दोस्रो कार्यक्रम अनाथलयका बालबालिकालाइ सहयोग गरेर शुरुवात गर्ने अबसर पाएकोमा खुशी ब्यक्त गर्दै आफ्नो कार्यकालमा समाज सेवाका विभिन्न क्षेत्रमा कार्य गर्ने योजना रहेको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला