प्राप्त अधिकारको कार्यान्वयन गदै समृद्धि गीतका गाउने हो : उपप्रमुख गुरुङ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन ४ ।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालको संविधानमा महिलालाई धेरै अधिकार दिएको बताउदै अव त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । लायन्स क्लब डिस्ट्रिक ३२५ एमले आयोजना गरेको तिज फेलोसिप कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुरुङले भन्नुभयो,‘हिजोका दिनमा महिलाहरुलाई धेरै अप्ठयारो थियो ।

महिलाहरुलाई माइत जान तिज आउनुपथ्यो । त्यसपछि अनुमति चाहिन्थ्यो । अव त्यस्तै अवस्था छैन । विभिन्न राजनीतिक आन्दोलनका कारण महिलाका अधिकार संविधानमा स्थापित भएका छन् । ती अधिकार कार्यान्वयमा जोड दिनुपर्छ ।’

उहाँले अव विगतमा जस्तो अधिकारको आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउदै प्राप्त अधिकारको कार्यान्वयन गरेर समृद्धिका गीत गाउनुपर्ने बताउनुभयो । उपप्रमुख गुरुङले देशको बिकासका लागि महिला पुरुषसंगसगै हातेमालो गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा हिंसा अन्त्य नभएसम्म महिलाहरुको विकास नहुने भन्दै त्यस विरुद्ध साझा अभियान सञ्चालन गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाको नेतृत्व र प्रतिनिधित्व सबै तहमा स्थापित गर्नुपर्नेमा बताउनुभयो ।

उहाँले समुन्त र समृद्ध पोखरा बनाउन सबैको सहयोग सहकार्य आवश्यक रहेको बताउदै त्यसलाई सफल बनाउन लायन्स क्लब लगायत यहाँ रहेका सबैको साथले मात्रै सफल हुने बताउनुभयो । उहाँले निर्वाचनमा आफुहरुले नागरिकको सेवा गर्ने प्रतिबद्धता ब्यक्त गरेर आएकाले नागरिकको सेवा, समुद्ध र समुन्त महानगर निर्माण प्रमुख एजेण्डा रहेको बताउनुभयो ।

कार्यक्रम संयोजक दुर्गाकुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उमानाथ बराल, चण्डीप्रसाद अर्याल, धनीराम बराल, शुसिला कोइराला लगायतले बोल्नुभएको थियो भने कार्यक्रम सञ्चालन खिमा गुरुङले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला