प्रतिभाका विद्यार्थीमाझ अनिलकेशरी शाह

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
अनिल केशरी शाहको परिचय ‘सेलिब्रेटी बैंकर’ मा मात्र सीमित छैन युवाहरुका प्रेरक पनि हुनुहुन्छ । उहाँको सफलताको कथाबाट युवा पुस्ताले धेरै सिक्न सक्छन् । सफल जिन्दगी जिउने कलादेखि आफ्नो देशको माटोलाई गर्ने मायासम्म सिक्न सकिन्छ शाहबाट । आजभोलि शाहको परिचय बैंकर होइन कि मोटिभेशनल स्पीकरक रुपमा चिनिन थालेको छ ।
तीन दशक बिताएको बैंकिङ क्षेत्र, जहाँबाट करोडौं तलब मिल्थ्यो, त्यही क्षेत्र छाडेर अब उहाँले मोटिभेशनल स्पीकरकै रुपमा आफूलाई उभ्याउनुभएको छ । आफ्नै जिन्दगीको कथा, संघर्ष र सफलताको कथा सुनाउनमै शाह व्यस्त हुनुहुन्छ ।

यहि कारण युवा पुस्ताका उत्प्रेरक शाहलाई पोखराको प्रतिभा माविले शुक्रबार विद्यार्थीमाझ प्रमुख वक्ताका रुपमा उभ्यायो । कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीको स्वागत र शनिबार विज्ञान संकायका विद्यार्थीलाई स्वागत समारोह विद्यालयले आयोजना गरेको छ । दुवै दिन शाहले विद्यार्थीमाझ प्रेरणामूलक वाणी राख्नुहुनेछ ।

एसईई उत्तिर्ण गरेपछि विभिन्न विद्यालयमा ११ कक्षामा भर्ना हुने विद्यार्थीलाई शाहले ‘यही बेला हो, सही विषय छान्ने’ भनेर सुझाउदै भविश्यको ढोका खोल्ने ठाउँ नै यही भन्दै उनले आफ्नो रोजाईको उपयुक्त विषय छनोट गर्नुपर्ने बताउनुभयो ।

शाहको थप सुझाव थियो ‘कपितयले पढ्न पनि पाएका छैनन् । चाहेर पनि पढ्न नपाउने धेरै छन् । कतिपयले पढ्ने अवसर पाएपनि कष्टका साथ पढेका छन् । केहीले पढ्न नपाएरै परिवारको पेट पाल्ने चिन्तामा दौडधुपमा छन् । धेरै युवा परिवार पाल्नका लागि खाडिमा पुगेर मेहनत गरेका छन् । त्यसैले आफुलाई र परिवारका लागि मात्र नभई पढ्न नपाएका व्यक्तिका लागि पनि पढिदिनुपर्नेछ ।’

बैंकमा जागिर सुरु गरेदेखि तीनदशक अवधिमा गरेको संघर्ष, आफूप्रतिको विश्वास, आफ्नै निर्णयका बारेमा जीवन कथा पनि शाहले विद्यार्थीमाझ सुनाउनुभयो । शाहले , ‘अबको समय यस्तो आयो, तपार्इंको घर कहाँ हो भनेर कसैले सौध्दैन, तपाईंले के गर्नुभयो ? भनेर सोध्नेछन् । त्यसैले लक्ष्य समात्नुस् । आफू के काम गर्छु भनेर भन्न नसक्नेले कतै पनि सफलता पाउँदैन ।’भन्नुभयो ।

उहाँले विद्यार्थीलाई सुझाव दिँदै अभिभावक र गुरुको सन्देश सुन्ने तर निर्णय आफै गर्नुपर्ने बताउनुभयो ।

संसारको आकर्षण मानिने अमेरिकामा २० वर्षकै उमेरमा बीबीए उत्तीर्णपछि अवसर पाउँदा पनि अनिलले नेपाललाई नै रोजेको सुनाउनुभयो । ‘म अमेरिका बसेको भए नेपालमा भन्दा सम्पन्न हुन्थेँ, अथाह कमाउँथे तर आजको अनिल हुने थिइनँ । तपाईंहरुले यसरी बोलाउनुहुन्थेन ।’ उहाँ भन्नुहुन्छ – ‘महिनाको ३ हजार ५ सय तलबबाट काम सुरु गरेँ । बनिरहेको ठाउँ होइन, आफैले बनाएर काम गरेका बैंकहरुलाई नम्बर वान बनाएँ । जुन मेरै परिवारले पनि पत्याउने विषय थिएन । मलाई नेपालमै काम गर्छु भन्ने थियो । धेरै वैदेशिक अवसरहरु त्यागेँ ।’

नेपालको बैंकिङ इतिहासमा पहिलो सीईओ शाहले नेतृत्व लिएको ५ वर्षमा नविल बैंकलाई नम्बर वान बनाएपछि, अपरेटिङ लाइसेन्ससमेत नपाएको मेगा बैंकको सिईओ भएर आठ वर्षमा स्थापित बनाई पुनः नबिल नै फर्कनुभयो । दोस्रो ईनिङमा पनि उस्तै स्तर कायम गर्नुभयो । लगातार १६ वर्ष बैंकहरुको सिईओका रुपमा रहे र ३ दशकको बैंकिङ करिअरको सुखद अन्त्य गरको बताउदै यी सफलता र संघर्षका कथा विद्यार्थीमाझ सुनाउनुभयो ।

उहाँका अनुसार अनिल केशरीले खुसीका पाँच तत्व पनि पहिचान गरेका छन् । एक परिवार र साथीभाइ, दुई– पैसा , तीन– स्वास्थ्य , चार– पावर (पद) र, पाँच– सेवा । यीमध्ये जसलाई जुन तत्वबाट खुशी मिल्छ त्यही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मचाहिँ यीमध्ये पहिलो अर्थात् परिवार र साथीभाइलाइ बढी महत्व दिन्छु ।’

बैंकिङमा करिअर बनाउनेहरुका लगि शाह ‘आइडियल’ व्यक्ति पनि भएकोले विद्यालय प्रतिभाले शाहलाई विद्यार्थीमाझ उपस्थित गराएको हो ।

कार्यक्रममा प्रतिभा माविका निर्देशक किरण सापकोटाले विद्यार्थीले ११ र १२ कक्षा राम्रोसँग अध्ययन गरेर जीवनको बाटो तय गर्न विद्यार्थीलाई सुझाउनुभयो ।

उहाँले प्रतिभा माविले भविष्यमा पोखरामै प्रतिभा स्पोर्ट्स एकेडेमी बनाउने तयारी अघि बढाएको जानकारी दिदै बीबीए, इन्जिनियरिङ लगायतका कक्षा पनि संचालनको तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।
प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको भविष्य उनीहरु आफैले तय गर्ने भएकोले त्यही अनुसार अध्ययन गर्न सुझाउदैं शिक्षाको गुणस्तरलाई अब्बल बनाउन विद्यालयले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश दूतराजले आफ्ना हिट गीत प्रस्तुत गर्नुभयो । विद्यार्थीहरुले पनि आफ्ना प्रस्तुति राखेका थिए ।

म्यानेजमेन्ट र होटल म्यानेजमेनेट पढ्नका लागि आवेदन दिएका १३ सय ७२ जनामध्ये ५१२ जनाले मात्रै प्रतिभामा पढ्न पाएका छन् । यस्तै, विज्ञान संकायमा पढ्न आवेदन दिनेमध्ये ३ सय ५२ जनालाई मात्र प्रतिभाको ढोका खुलेको छ । गण्डकीमा यस वर्ष एसईईमा ४ जीपीए ल्याउने ३ जनामा २ जनाको रोजाई प्रतिभा नै बनेको छ । डिज्निल्याण्ड एकेडेमीकी रितिका पोखरेल र बालमन्दिर, लुम्लेका अभिषेक न्यौपानेले प्रतिभा छाने । साविक धौलागिरी प्रथम बब्लू शाह र तनहुँका टपर डेककुमार श्रेष्ठले पनि प्रतिभा नै चयन गरेका छन् ।

मन्टेश्वरीदेखि १२ कक्षासम्म विद्यालयमा करिब २९ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा मन्टेश्वरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । यहाँ ११ र १२ कक्षामा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनमा अध्यापन हुन्छ । विद्यालयले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान पनि गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला