पोखरामा १८३ औं बिश्व फोटोग्राफी दिवश मनाइयो

नगेन न्यूज
  • ख-
  • ख+

भाद्र ३, पोखरा ।
१८३ औं बिश्व फोटोग्राफी दिवशको उपलक्ष्यमा फोेटोग्राफर संघ गण्डकी र पोखरा फोटोग्राफर संघको आयोजनामा आज प्रभातफेरी सहित मनाएको छ ।
यसै बिच पहिलो कार्यक्रम अन्र्तगत फोटोग्राफर संघ गण्डकी को सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । कार्यालयको उद्घाटन प्रमुख अतिथि सुनिल उलकले रिवन काटेर गर्नुभएको थियो ।
बिहान ८ बजे पोखरा फोटोग्राफर संघको कार्यलय टुडाकोे पाटनबाट शुरु भै मानव अधिकार चोक चिप्लुढुड.गा ,महेन्द्रपुल हुदै चिप्लेढुंगा स्थित दी गार्डेन रेष्टुरेन्टमा गई सभामा परिणत भएको थियो ।
कार्यक्रममा पोखरा क्षेत्रका फोटोग्राफरहरु तथा फाटोपत्रकार र फोटोमा अभिरुची हुने महानुभाव तथा फोटोग्राफरहरुको उपस्थित रहेको थियो ।
पोखरा क्षेत्रका पुराना फोटो तथा भिडियो संकलक सुनिल उलकको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राष्ट्रिय मिराज बिवाह फोटोग्राफी प्रतियोगिा साथै नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा गरिएको थियो ।
कार्यक्रममा स्वागत भाषण फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जिवन ढुंगानाले गर्नुभएको थियो भने अक्षयकोषदाता भक्त तामाड.ले सो अवार्डको स्थापना गर्नुको उदेश्य र आफ्नो देश बिदेशको फोटोग्राफी अनुभवबारे बताउनु भएको थियो ।
पोखरा क्षेत्रका पुराना फोटो संकलन बारे बताउदै प्रमुख अतिथी सुनिल उलकले आगामी दिनमा पोखरामा फोटोग्राफी क्षेत्रको ठुलो धनरासीको पुरस्कार स्थापना हुन गइरहेकोे जानाकारी दिनुभयो ।
फाटोग्राफर संंघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले संस्थाले यस वर्ष प्रदेश भित्र भए गरेका गतिबिधी र आगामी कार्यक्रम बारे बताउनु भएको थियो । सचिव तुलसी सुबेदीको सञ्चालनमा भएकोे कार्यक्रम लगत्तै सोही हलमा पोखरा फोटोग्राफर संघको अवार्ड परिणाम घोषणा भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला