एक्यान फुट्सलको कानुन मन्त्री थापाद्वारा उद्घाटन

नगेन न्यूज
  • ख-
  • ख+

भदौ ३, पोखरा ।
नेपाल चार्टर्ड एकाउन्टेन्स संघ(एक्यान)कास्कीको आयोजनामा पोखरामा सुरु भएको एक्यान फुट्सल टुर्नामेन्टको उद्घाटन भएको छ । पोखरामा ३ र ४ गतेसम्म चल्ने फुट्सल टुर्नामेन्टको गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गरेका हुन् ।
मन्त्री थापाले गोलपोस्टमा गोल हानेर खेलको उद्घाटन गर्दै एक्यानले आयोजना गरेको फुट्सलको माध्यमबाट एक अर्कासँग जोडिने वातावरण मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो । खेलले भाइचा, मेलमिलाप बढाएको उहाँको भनाई थियो । मन्त्री थापाले नीति तथा योजना साथै बजेट बनाउँदा चार्टर्ड एकाउन्टेन्सहरुसँग पनि जोडिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चार्टर्ड एकाउन्टेन्स गण्डकीका अध्यक्ष सागर लामिछानेले २०३४ सालमा स्थापना भई ४५ साल लामो गरिमामय इतिहास बोकेको बताउदैं हाल ११ जिल्ला र ८ प्रदेशमा कमिटी गठन भएको र केन्द्रमा हाल १९ जनाको कमिटी रहेको बताउनुभयो ।
सिएहरु पेशागत व्यस्ततामा साथै स्वास्थ्यमा पनि सबल बनेर स्वस्थ्य समाज निर्माणमा भुमिका खेल्ने उहाँको भनाई थियो ।
एक्यान उपाध्यक्ष सुसिल घिमिरेले आगामी दिनमा पनि यस्ता कार्यक्रम भई रहने बताउदैं यसले भातृत्व कायम राख्न सघाउने बताउनुभयो ।
एक्यानका निर्वतमान अध्यक्ष आनन्दराज शर्मा वाग्लेले फुट्सलले भाइचार बढाउन समेत सहयोग मिल्ने बताउदैं यस्ता कार्यक्रमले संघीयता बलियो बनाउन पनि सहयोग मिल्ने बताउनुभयो ।
फुट्सल भदौ ३ र ४ गते दुई दिनसम्म चल्ने छ । एक्यान कास्कीका अध्यक्ष तथा फुट्सल टुर्नामेन्टका संयोजक विवेक श्रेष्ठले खेलबारे जानकारी दिनुभएको थियो ।
खेलमा ९ टिमको सहभागीता रहेको छ । देशभरका ३ सय बढी चार्टर्ड एकाउन्टेन्स फुट्सल टुर्नामेन्टमा सहभागी छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला