बागलुङमै प्रथम पटक अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु

नगेन न्यूज
  • ख-
  • ख+

बागलुङ ।
बागलुङमै प्रथम पटक अन्तर कलेज स्तरीय फुटसल प्रतियोगिता शुरु भएको छ । पावर फिटनेस क्लब तथा हाईकर्स युनाईटेड बागलुङको संयुक्त आयोजनामा प्रतियोगिताको पहिलो दिनको खेल समापन भएको छ ।
उक्त प्रतियोगिताको लागि १६ विद्मालयको सहभागीतामा प्रतियोगिता संचालन भईरहेको हाईकर्स युनाईटेड बागलुङका कार्यक्रम संयोजक प्रवेश शर्माले जानकारी दिनुभयोे ।
खेलमा सहभागि विद्मालयका १२ कक्षा भित्रका विद्मार्थीहरुको सहभागिता रहेको पावर फिटनेस क्लबका बरदान थापाले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले खेल जीवनमा आवश्यकका साथसाथै स्वस्थ रहने उपाय रहेको बताउनुभयो । सापकोटाले विद्यार्थीले शिक्षा र खेलमा उत्तिकै योगदान पु¥याउन आव्हान गर्नुभयो ।
कार्यक्रममा रस आवर फुटसलका संचालक शिव खड्का, बागलुङ नगरपालिकाका अधिकृत छैंठौ प्रेमप्रसाद शर्मा, उक्त प्रतियोगिताका निर्णायक धिरन पुन, सम्पन्न अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो र्।
उद्घाटन समारोह पावर फिटनेस क्लबका अध्यक्ष विकास थापाको अध्यक्षता, हाईकर्स युनाईटेड बागलुङका रोहन जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतियोगिताको पहिलो चरणको खेल बिहिबार सम्पन्न भएको छ । क्वाटर,सेमिफाइनल र फाइनल खेल शुक्रबार र शनिबार हुने हाईकर्स युनाईटेड बागलुङका प्रदिप गिरीले जानकारी दिनुभयो । विद्मार्थीहरु पढाईका साथसाथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय बन्न प्रेरणा बनोस् भनि प्रतियोगिताको आयोजना गरिएको पावर फिटनेस क्लबका विविध थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले २० हजार, मेडल, ट्रफी र प्रमाण पत्र र दोस्रो टोलीले १२ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने हाईकर्स युनाईटेड बागलुङका सन्तोष जि.सीले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला