तेक्वान्दोको रेफ्रि रिफ्रेसर तथा सेमिनार पोखरामा सम्पन्न, गण्डकी प्रदेशका ६ जिल्लालाई तेक्वान्दोका खेल सामाग्रि हस्तान्तरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा २५, साउन
गण्डकी प्रदेशका ६ वटा जिल्लामा तेक्वान्दो खेल सामाग्रि सहयोग हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेशका कास्की, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ, गोर्खा र नवलपुर जिल्लाको लागि तेक्वान्दो खेल सामाग्रि चेस कभर, हेड गार्ड किकिङ प्याड एक समारोहका बिच बुधबार पोखरामा सहयोग हस्तान्तरण गरिएको नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङले बताउनुभयो ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले २ लाख ८० हजार मुल्य बराबरको खेल सामाग्रि हस्तान्तरण गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न सबै खेल संघहरु सक्रिय हुनु पर्ने बताउनुभयो । तेक्वान्दो खेलको लागि अत्याधुनिक सेन्सर सिस्टम उपलब्ध गराउने मन्त्री गुरुङले वचन दिनुभयो ।
यसैबिच, नेपाल तेक्वान्दो संघको कार्यक्रम अनुसार गण्डकी प्रदेशका रेफ्रिहरुको लागि यही साउन २२ देखि २५ गतेसम्म पोखरामा संचालन भएको रेफ्रि रिफ्रेसर तथा सेमिनारमा सहभागि प्रशिक्षकहरुलाई समेत मन्त्री गुरुङले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
संघका केन्द्रिय अध्यक्ष प्रकाशशंसेर राणाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका महासचिव दीपराज गुरुङ, गण्डकी खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, संघ गण्डकीका अध्यक्ष जगन गुरुङ लगायतले वोलेका थिए । उक्त प्रशिक्षणमा चितवन सहित ७ जिल्लाका ५६ जना सहभागि भएको संघले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला