परिणाममुखी काम गर्न गैर सरकारी संस्थाहरुलाइ जि .स. स .कास्की प्रमुख पौडेलको निर्देशन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ,साउन २५ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाहरुलाइ परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।
पौडेलले केही गैरसरकारी संस्थाहरू नाफा कमाउन बढी केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको भन्दै जनताका आबश्यकतालाइ मध्यनजर राखेर नीति तथा योजना निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
प्रमुख पौडेलले सो कुरा जिल्ला समन्वय समितीले कास्कीलाइ कार्यक्षेत्र बनाएर विभिन्न क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको लागि आयोजना गरेको दुई दिवसिय समिक्षा बैठकमा बोल्दै उक्त कुरा बताउनुभएको हो ।
उहाँले हरेक क्षेत्र पारदर्शिता ,जबाफदेहिता र उत्तरदायित्व बिना सफल नहुने भन्दै जनहितलाइ केन्द्र बिन्दुमा राखेर गरिने काम नै मुल्यांकनको सहि आधार हुने बताउनुभयो ।
सो अबसरमा जिल्ला समन्वय अधिकारी नवराज बरालले हरेक संस्थाहरुलाइ गुनासोरहित काम गर्न आग्रह गर्दै बिद्यमान नीति नियमको पूर्ण पालना सहित जसले जहाँबाट काम गरे पनि जनताका लागि नै हुनु पर्ने बताउनुभयो ।
गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धि बहादुर थापाले समृद्ध कास्की निर्माणको लागि गैर सरकारी सन्स्थाहरुको मजबुत भुमिका हुने बताउनुभयो ।
कास्किका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ,गैरसरकारी सस्था महासंघका केन्द्रिय सदस्य बिना सिलवाल ,प्रदेश अध्यक्ष पदम पहारी लगाएतले उद्घाटन सत्रमा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा ९८ वटा रास्टिय तथा अन्तर्राष्ट्रिय सस्थाको सह्भागिताको सुचीपत्र प्राप्त भएकोमा २७ वटा सस्थाले समिक्षा प्रतिबेदन प्रस्तुति गरेको जि . स. स. कास्कीले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला