बिमा रत्नबाट विक्रम उदास सम्मानित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा २४ साउन ।

बिमा रत्नबाट पोखराका विक्रम उदास सम्मानित हुनु भएको छ । उत्कृष्ट कार्य गरेको भन्दै इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर उदासलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमका बिच बिमा रत्नबाट सम्मान गरेको हो ।

उदासले करिब १ सय जनाको बिमा गराउँदा आर्थिक बर्ष २०७९÷८० मा करिब ३ करोड प्रिमियम संकलन गरी नेपाल टप बन्न सफल हुनु भएको हो । पुरस्कार स्वरुप उहाँले टिभिएस ब्राण्डको मोटरसाइकल र डेल कम्पनीको ल्यापटप प्राप्त गर्नुभयो ।

उदासलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार लाल कर्ण र अप्लाइनर रेशम गौतमले पुरस्कारसहित सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै सिइओ कर्णले बिमाको महत्वको बारेमा स्पष्ट पार्नुभएको थियो ।

कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य , उपप्रमुख गणेश धमला, युनाइटेड गोल्डमार्टका सञ्चालक महेन्द्र गुभाजु, कम्पनीका लामाचौर शाखा प्रमुख सुर्य राज चपाइ लगायतले मन्तव्य राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला