सहकारी बैंकको वार्षिक समिक्षामा सदस्य सेवालाई थप उत्कृष्ट बनाउने प्रतिवद्धता

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २३ साउन ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने वार्षिक समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८÷०७९ को समग्र समिक्षा गरी चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन गोष्ठी सहयोगी हुने बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकको वर्तमान वित्तीय अवस्था र आगामी लक्ष्य, बैकले सञ्चालन गरेका सेवाहरु र आगामी दिनमा सञ्चालन गर्ने सेवाहरु, बैकको सञ्चालन प्रक्रिया लगायतका विषयमा शाखा प्रमुखहरुको प्रस्तुतीकरण, समुह छलफल गरी प्रभावकारी रुपमा अगाडि बढ्ने प्रतिवद्धता कार्यक्रम सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष के.बी.उप्रेतीले ७७ वटै जिल्लामा बैंकको सञ्जाल निर्माण गरेर थप प्रभावकारी सेवा सञ्चालनका लागि बैकको सम्पूर्ण शक्ति परिचालन हुनु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष उप्रेतीले बैंकको पहिलो काम सदस्यहरुलाइ प्रदान गरिने वित्तीय तथा अन्य सेवालाई प्रभावकारी बनाउने र समग्र सहकारी अभियानको प्रभावकारितामा सहयोग पुग्ने गरी काम गर्न शाखा प्रमुखहरुलाई आव्हान गर्दै शाखा भएका ठाउँमा शाखा मार्फत र शाखा नभएका जिल्लामा जिल्ला स्तरीय सञ्जाल निर्माण गरी बैंकको सेवालाई थप प्रभावकारी बनाइने बताउनुभयो ।
सहकारी क्षेत्रमा पूँजि संकलन र उत्पादनशिल क्षेत्र लगायतका क्षेत्रमा पूँजि परिचालनका लागि बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन जनशक्तिको क्षमता अभिवृद्धि, योजना निर्माण गर्नु पर्ने उहाँको सुझाव छ ।

बैकको लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले देशभरका शाखा प्रमुखहरुको प्रस्तुती, योजना, लक्ष्य र काम गर्ने उत्साह सकारात्मक रहेको चर्चा गर्दै बैंकलाई सुरक्षित र सक्षम बनाउन जनशक्ति प्रभावकारी रहेको बताउनुभयो ।
बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले स्थानीय तहहरुसंग समन्वय गरेर सदस्य वृद्धिसगै सहकारीहरुको क्षमता विकासका काममा बैंकको भूमिका थप वृद्धि गरिने बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी क्षेत्रमा बैंकले सञ्चालन गरेका प्रविधि लगायतका सेवाहरुलाई आम सहकारीहरुमा पु¥याउन सकेमा सहकारी क्षेत्रका साख बढाउन सकिने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन बैंकको शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सचिव रामबाबु आचार्यले गर्नु भएको थियो ।
सहकारी संघ संस्थाहरुसंग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरुसंग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल करिव १६ हजार शेयर सदस्य, करिव ३ अर्ब शेयर रकम, ५१ अर्ब निक्षेप, ३७ अर्ब कर्जा लगानी रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला