नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन : सदस्यसचिव घिसिङ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा २३ साउन ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्वाचनले प्रभाव नपार्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले दावी गर्नुभएको छ । सोमबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएकोले निर्वाचनले यसलाई प्रभाव नपार्ने प्रष्ट पार्नुभयो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुने तय भएको छ ।
सदस्य सचिव घिसिङले ‘मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको हो, सोही कारण निर्धारित मितिमानै प्रतियोगिता हुन्छ, निर्वाचनले यसलाई प्रभाव पार्दैन’ भन्नुभयो । उहाँले प्रतियोगितालाई प्रभावित नर्पानको लागि निर्वाचन आयोगसँग समेत परामर्श गरिएको बताउनुभयो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् । सात प्रदेश, तीन विभागिय टोली र एनआरएनएको एक टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताको तयारीमा समेत तिव्रता दिएको घिसिङको भनाई छ । ‘प्रतियोगिताको लागि निर्धारित तालिका अनुसार समयमानै काम भइरहेको, घर्केको छैन’ उहाँले भन्नुभयो ।
पोखरा रंगशाला भित्रको फुटबल मैदानको भीआईपी प्यारापिट अबको दश दिन भित्रमा तयार हुने उहाँको भनाई छ । केही दिनदेखि पोखरामा रहेका सदस्य सचिव घिसिङले पोखरा आसपासका खेलकुद पुर्वाधारको अवलोकन तथा गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरपालिकाका मेयर लगायतका व्यक्तिसँग प्रतियोगिताको सन्दर्भमा छलफल गरेको समेत बताउनुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा धन्यवाद ज्ञापन उपाध्यक्ष सुरज श्रेष्ठ र कार्यक्रम सञ्चालन महासचिव राजाराम पौडेलले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला