मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा २२ साउन ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ । मञ्चको हालै बसेको बैठकले गरेको निर्णय अनुसार साउन २१ गतेबाट नयाँ सदस्यता आवेदन खुल्ला गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो । मञ्चमा आबद्ध हुन चाहने गण्डकी प्रदेशभरीका खेल पत्रकारलाई समेट्ने उद्देश्यले सदस्यता आवेदन खुल्ला गरिएको पौडेलको भनाई छ । आवेदन फारम भाद्र ४ गते सम्म भरिसक्नुपर्नेछ ।
नयाँ सदस्य बन्न आवेदन दिनको लागि केही प्रावधान तय गरिएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो । कम्तिमा प्लस टु वा सो सरह उत्रिर्ण, अन्य विटगत पत्रकारिताका संस्थामा पदाधिकारीमा नरहेको, कुनै फौजदारी अभियोग नलागेका सक्रिय पत्रकारले सदस्यताको लागि आवेदन दिन सक्नेछन् ।
आवेदनको साथमा नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि, परिचयपत्रको प्रतिलिपि, न्युनतम दुईवर्षको अनुभव खुल्ने सिफारिस पत्र, नागरिकताको प्रतिलिपि, हरेक वर्षको कम्तिमा ५ वटा प्रकाशित तथा प्रसारित समाचार सामाग्री, पासपोर्ट साइजको दूईवटा फोटो समावेश गर्नुपर्ने अध्यक्ष बरालले जनाउनुभयो ।
फारम लिन वा बुझाउनका निम्ति पोखरा रंगशालामा रहेको मिडिया सेन्टर वा मञ्चको पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सम्पर्क गर्न सक्ने मञ्चले जनाएको छ । आवेदन शुल्क एक हजार रुपैयाँ लाग्नेछ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन भएको थियो । पछि २०७५ सालमा गण्डकी प्रदेशका खेलपत्रकारलाई समेट्ने उद्धेश्यले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी दर्ता भएको हो । हाल मञ्चमा गण्डकी प्रदेशका ५५ जना पत्रकार आवद्ध छन् । मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला