माछापुच्छ्रे बैंक र बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास बिच क्युआर हस्तान्तरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा २२ साउन ।
माछापुच्छ्रे बैंक र बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति बिच क्युआर कोड हस्तान्तरण भएको छ । आइतबार बैंकका सिइओ सन्तोष कोइरालाले बिकास समितिको क्युआर स्क्यान गरी उद्घाटन गर्नुभयो ।
बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष सुर्यप्रसाद सुवेदीले समितिले गरेको समाजिक कामको बारेमा जानकारी दिदै बित्तिय र धार्मिक क्षेत्र बिच सहकार्य गर्न पाएको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाँले मन्दिरमा संकलन हुने भेटि अब क्युआर कोड मार्फत संकलन हुँदा थप सहजता हुने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेलले कागजी नोट छाप्ने प्रक्रिया लामो भएको बताउँदै हाल डिजिटल बैंकिङ कारोबारले सजिलो बनाएको बताउदै बिन्ध्यवासिनी धार्मिक क्षेत्रले पनि दक्षिणालाई डिजिटल डिसप्ले मार्फत देखाएमा अझै प्रभावकारी हुने बताउनुभयो ।
बैंकका सिइओ कोइरालाले नेपाल भरीका मठ मन्दिरमा क्युआर कोड राख्ने अभियान भएको बताउँदै त्यसै अनुरुप बिन्ध्यवासिनी धार्मिक क्षेत्रमा पनि अभियान शुरु भएको जनाउदै यस अगाडि पनि मन्दिर सगँको सहकार्यमा जोडिएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताउनुभयो । क्युआर स्क्यान मार्फत दक्षिणा प्रदान गर्दा पारदर्शिता हुने उहाँको भनाइ थियो ।
बैंकका डिजिटल चिफ माधव सुवेदीले बैंकले डिजिटल प्रबिधिलाई देशै भरी हरेक क्षेत्रमा बिस्तार गर्दै आएको र त्यसै अनुरुप विन्ध्यवासिनीमा पनि शुरुवात भएको बताउनुभयो ।
कार्यक्रममा बैंकका सस्थापक सञ्चालक एवं स्वर्गीय सुर्यबहादुर केसीकी श्रीमति प्रेम कुमारी केसी, बैंक सञ्चालक बन्दना कार्की, सशस्त्र प्रहरीबलका बरिष्ठ प्रहरी उपरिक्षक सुरेश श्रेष्ठ वडा नम्बर १ र र २ वडा अध्यक्ष सहारा प्रधान र दिवसमान प्रधानाङ्ग लगायतले बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला