पुर्नस्थापना केन्द्रहरुमा नयाँजिवनको लागि टेबुलटेनिस

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
लागुपदार्थ दुव्र्युसनमा परि उपचार्थ पुनःस्थापना केन्द्रमा रहेका महिला तथा पुरुष सेवार्थीहरुको लागि नौलोघुम्ती नेपालले ‘पुर्नजिवनको लागि टेबुलटेनिस पयिोजना सुरु गर्ने शुक्रबार आयोजित एक कार्यक्रममा जानकारी गराईएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्पोट्र्स फर अल नेपालका अध्यक्ष, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी बिष्णु गोपाल श्रेष्ठले टेबुलटेनिस खेल सबै उमेर समुह र सानो क्षेत्रमा पनि खेल्न सकिने खेल भएकोले जानी नजानी दुव्र्यसनमा फसेरका युवाहरुलाई पुर्नजिवन दिन निकै फलदायी हुने वताउँदै कुनै पनि खेलले औंषधिको काम गर्ने वताउनु भयो ।
गण्डकी प्रदेश खेलकुद परिषद् बोर्ड सदस्य दिलबहादुर गुरुङले रिहाबबाट निको भएर घर गएका पुन आउनेलाई घटाउन जरुरी रहेको वताउँदै प्रदेश खेलकुद परिषद्ले पनि आवश्यक सहयोग गर्ने वताउनु भयो ।
संस्थाका पुर्व अध्यक्ष तथा सबैको लागि खेलकुदका गण्डकी प्रदेश अध्यक्ष खड्गबहादुर रानाभाटले शारीरिक तुस्त, मानसिक रूपमा र नैतिकता कुरा खेलकुद बाट प्राप्त हुने वताउनु भयो ।
सो अवसरमा संस्थाका कार्यकारी निर्देशक अनेश गुरुङले नयाँ जीवनको लागि टेबुलटेनिस परियोजनाको वारेमा जानकारी दिदैं संस्थाले गरेका मुख्यमुख्य कामहरु प्रस्तुत गरेका थिए । उनले खेलकुदको माध्यमबाट प्रतिबर्ष २ सय जनालाई नयाँ जीवन दिइने लक्ष्य रहेको वताउनु भयो ।
करिब ३ वर्षसम्म संचालन हुने उक्त परियोजनाको लागि अन्तराष्ट्रिय टेबुलटेनिस फाउन्डेसन रड्रीम बिल्डिङ फन्डको आर्थिक सहयोग र कास्की जिल्ला टेबुलटेनिस संघ, रिकभरी नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोग रहने छ ।
कास्की जिल्ला टेबुल टेनिस संघ उत्तम जोशी अध्यक्षले संघले प्रशिक्षण तथा रिपोर्टिङमा सहकार्य गर्न सकिने वताउनु भयो ।
नौलोघुम्ती नेपालका वरिष्ट उपाध्यक्ष वद्रिविनोद प्रतिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव मंगल बहादुर नेपालीले र कार्यक्रम संयोजक ओमकृष्ण गुरुङ संचालन गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला